सारङ्गीकाे धुनमार्फत ७ हजार व्यक्तिलाई ट्राफिक सचेतना
काठमाडाैं । ट्राफिक प्रहरीले सारङ्गीको धुनमार्फत सात हजार ७ हजार व्यक्तिलाई ट्राफिक सचेतना प्रदान गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २९ देखि सञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सचेतना प्रदान गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सडक अनुशासन र ट्राफिक नियमसम्बन्धी ज्ञान प्रदान गरिएको जानकारी दिए । महाशाखाले उपत्यकाको नयाँ बानेश्वर, बागबजार, रत्नपार्क, वीर अस्पताल, नयाँ सडक, कालीमाटी, त्रिपुरेश्वर, नयाँ बसपार्क, कलङ्की, स्वयम्भू, कोटेश्वर, विमानस्थल र जावलाखेल क्षेत्रमा सारङ्गीको धुनमार्फत ट्राफिक जनचेतना फैलाएको छ । सारङ्गीको धुनमार्फत हेमराज गन्धर्व, बालाराम गन्धर्व, दिलबहादुर गन्धर्वलगायतले ट्राफिक जनचेतना फैलाएका थिए । महाशाखाले दैनिक चार चोकमा सारङ्गीमार्फत सचेतना फैलाउँदै आइरहेको छ । रासस
जुनियर युवा रेडक्रसको ४०औं राष्ट्रिय गोष्ठी सम्पन्न
काठमाडौं । गोरखाको सदरमुकाममा आयोजित दुई दिने ४० औं राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठी सोमबार समापन भएको छ । नेतृत्वदाही भुमिकामा जुनियर र युवा हाम्रो प्रतिबद्धता भन्ने नाराका उक्त कार्यक्रम भएको हो । कार्यक्रमपश्चात देशका विभिन्न स्थानबाट आएका यूवाहरुले आन्तरिक पर्यटनलाई समेत अभिवृद्धि गर्ने अभिप्रायले लखन थापा पार्क लगायत गोरखाका विभिन्न ऐतिहासिक स्थानमा भ्रमण गर्दैछन् नेरेसो गोरखा जिल्ला शाखा र स्थानीय महेन्द्र ज्योति माबिको आतिथ्यमा दुई दिनसम्म सञ्चालित सो गोष्ठीमा ५९ जिल्लाका १९५ युवाको सहभागिता रहेको थियो । जुनियर तथा युवा रेडक्रसको संगठनात्मक विकासलाई थप प्रभावकारी बनाउन समयमै सर्कल गठन तथा पुनर्गठन गरी वर्षैभरि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने र ती गतिविधिहरु सञ्चालन गर्ने क्रममा स्थानीय स्तरमै स्रोत संकलन तथा परिचालनमा विशेष जोड दिनेलगायतका महत्वपूर्ण प्रतिबद्धता र सहमतिहरु सहित १३ बुँदे गोरखा घोषणपत्र जारी गरिएको छ । सो घोषणा पत्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघबाट प्रवर्धित “केन्द्रमा युवा नीति” तथा नेपाल रेडक्रस सोसाइटीको “युवा संलग्न नीति” लाई जोड दिँदै विश्वव्यापी रुपमा रहेका विभिन्न प्राकृतिक ,सामाजिक र मानवीय मुद्दाका गतिविधिहरु नेपालमा सञ्चालन गर्ने गराउने उल्लेख छ। देशभरिका जुनियर तथा युवा सर्कललाई विभिन्न प्राकृतिक र मानवीय मुद्दाहरुमा बहस पैरवी र क्षमता अभिवृद्धि गरी सबलीकरण अभियान सञ्चालन गर्न यूवाहरुले प्रतिबद्धता जाहेर गरेका नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । सडक सुरक्षा र प्राथमिक उपचार, विपद व्यवस्थापन र कृतिम घटना अभ्यास,नोवेल कोरोना भाइरस र सोको प्रभावबाट बच्ने उपायहरू, साइबर बुलिङ, रक्तदानमा युवाहरूको भूमिका जस्ता बिषयमा भएको छलफल उत्कृष्ट रहेको र ती क्षेत्रमा युवाहरुको सचेतना अभियान बढाउन यूवाहरुले महत्वपूर्ण भूमिका खेल्ने जुनियर विभाग निर्देशक सुदर्शन अधिकारीले अपेक्षा गरेका छन् । नेरेसो गोरखा जिल्ला शाखा र स्थानीय महेन्द्र ज्योति माबिको आतिथ्यमा दुई दिनसम्म सञ्चालित सो गोष्ठीमा ५९ जिल्ला शाखाका १९५ प्रतिनिधिहरु, नेरेसो केन्द्रीय पदाधिकारीहरु, प्रदेश र आतिथ्य जिल्लाको कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको थियो । पहिलो सत्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ महासचिव जगन चापागाईंले अनलाइनबाट प्रत्यक्ष रूपमा सहभागीहरुलार्इ उत्प्रेरणा मुलुक प्रशिक्षण दिनु भएको थियोे । जुनियर तथा युवा रेडक्रसबाट आफ्नो यात्रा सुरु गरी उच्च तहमा पुग्नुभएका चापागाईसँगको अन्तरक्रियाले सहभागीहरु उत्साहित भएका थिए । गोष्ठीमा विभिन्न विषयमा राष्टिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुद्वारा सहभागीहरुलाइ प्रशिक्षण पनि दिइएको थियो र सहभाग ियुवाहरुले विभिन्न समुहमा सीपहरु अभ्यास गरेका थिए।
ग्लोबल आइएमई बैंकले हस्तान्तरण गर्यो निक्षेप बीमा वापतको चेक
काठमाडौं । ग्लोबल आइएमई बैंकले मृतकका परिवारलाई निक्षेप बीमा वापतको ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकले पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका स्वर्गीय राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा बिमितले पाउने उक्त रकम नीजको परिवारलाई हस्तान्तरण गरेको हो । बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले साेमबार स्वर्गीय राजु गिरीको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेका हुन् । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले २७० शाखा, ३७ राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १९ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।