ललितपुरका सुरजले जिते रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको निवन्ध प्रतियोगिता
पोखरा । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको स्मृतिमा स्थापित रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको राष्ट्र व्यापी अन्तर कलेज निवन्ध प्रतियोगितामा ललितपुरका सुरज परियार प्रथम भएका छन् । उनी रिट्ज कलेजमा इन्जिनियरिङ्ग विषय तर्फ प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । त्यस्तै द्वितीय त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ्ग क्याम्पस विराटनगरमा स्नातक तह दोस्रो बर्षमा अध्ययनरत मनिता योङहाङ र तृतीय सुष्मा गोदावरी कलेज, इटहरी सुनसरीमा स्नातक तहमा अध्ययनरत ओखल ढुंगाका रामचन्द्र अधिकारी भएका छन् । ‘विकास, राजनीति र रविन्द्र अधिकारी’ विषयमा आयोजित निवन्ध प्रतियोगितामा नेपाल भरीका स्नातक तह र सो भन्दा माथी अध्ययनरत ५२ जना विद्यार्थीहरूका निवन्धहरू समावेस गरिएको थियो । सो निवन्धमा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरूले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ नगद र प्रमाण-पत्र प्राप्त गरिने छ । विजयी प्रतियोगीहरूलाई अधिकारीको प्रथम स्मृति दिवसका अवसरमा पोखराको सभागृहमा फागुन १५ गते बिहान ११ बजे आयोजना हुने स्मृति सभामा पुरस्कृत गरिने प्रतियोगिताका संयोजक डोलराज पाण्डेले जानकारी दिए ।
फागुन १६ गतेदेखि टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको तयारी पूरा
काठमाडौं । डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिजको आयोजनामा यही फागुन १६ गतेदेखि २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ हुने भएको छ । बुधबार आयोजक संस्था डिएआर मुभिजले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । ’काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ मूल नारासहित उक्त महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका संयोजक नवराज ढुंगानाले जानकारी दिए । पत्रकार सम्मेलनमा आयोजक संस्थाको तर्फबाट संयोजक ढुंगानाले नै विज्ञप्ती वाचन गरेका थिए । पत्रकार सम्मेलनमा महोत्सवका परिकल्पनाकार माधव थापा, संचार संयोजक चन्द्रमणि गौतम, निर्णायक संयोजक नवराज घोरासैनी, निर्णायक मण्डलकी अध्यक्ष सीता थापा, सांस्कृतिक संयोजक अमृत खाती र अतिथि संयोजक भीमसेन खतिवडाको उपस्थिति रहेको थियो । उनीहरुले उक्त महोत्सव भव्य रुपमा सफलताका साथ सम्पन्न गरिने विश्वास दिलाए । आयोजकका तर्फबाट उक्त महोत्सवको लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी गराईएको छ । पत्रकार सम्मेलनको संयोजन तथा सञ्चालन भने डिजिटल मिडिया संयोजक राजु बोहराले गरेका थिए । उक्त महोत्सवको उद्घाटनमामा उप–प्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, समापन समारोहमा संस्कृतविद् सत्यमोहन जोशीको पनि उपस्थिति रहने आयोजक संस्थाले जानकारी दिएको छ । उक्त प्रतियोगितामा कुल ७४ टिम सहभागी रहने छन् । उक्त महोत्सवको आयोजना गर्नुको मुख्य उद्देश्यमा मेलापातमा झुण्डिएका तर डिजिटल बजारमा व्यवसायीक रुपमा अगाडि आउन नसकेका नयाँ तथा पुराना भाका, गीत, संगीत जस्तै अन्य साँस्कृतिक परिचय बोकेका अभिन्न अङ्ग जो आज समग्र लोक सांगीतिक क्षेत्रले विर्सिएको छ । त्यस्ता मौलिक काँठे गीत संगीतलाई प्रबद्र्धन गर्ने नै रहेको छ । त्यस्तै, नेपाल सरकारको योजना नेपाल भ्रमण वर्ष–२०२० को प्रबद्र्धन गर्ने, काँठ क्षेत्रमा रहेको ऐतिहाँसिक, पुरातात्विक, सांस्कृतिक, खाना, बाद्यवादन, भेषभुषा, रहनसहन, हस्तकला लगायतको प्रवद्र्धन गर्ने, काँठ क्षेत्रका विभिन्न मौलिक गीत संगीतका श्रष्टा सर्जकहरुको प्रस्तुति देखान्छ । साथै, विभिन्न मौलिक नृत्य सहितको साँस्कृतिक कार्यक्रम गर्ने, पुराना तथा नयाँ श्रष्टा एकै स्थानमा राखी सम्मान तथा पुस्ता हस्तान्तरण गर्ने, कार्यक्रमस्थलमा निःशुल्क रुपमा धेरैभन्दा धेरै दर्शकलाई प्रवेश गराई काँठ क्षेत्रको मौलिक पुरातात्विक कला संस्कृति, भेष–भुषा, रहन–सहन, हस्तकाला, खान–पिन को बारेमा जानकारी गराई कार्यक्रमको अवलोकन गराईने र काँठ क्षेत्रका बहु चर्चित सयौंभन्दा बढि मौलिक काँठे लोक भाकाहरु छनोट गरि लोकदोहोरी प्रतियोगिता गराई प्रतियोगि घोषण गर्ने पनि अन्य उद्देश्य रहेको आयोजकले जनाएको छ । महोत्सवमा प्रथम हुनेलाई नगद ३ लाख, मेडल, प्रमाणपत्र १, अन्य पुरस्कारहरु, दोस्रो हुनेलाई नगद २ लाख, मेडल, प्रमाणपत्र १ अन्य पुरस्कारहरु, तेस्रो हुनेलाई नगद १ लाख, मेडल, प्रमाणपत्र १ अन्य पुरस्कारहरु, सान्त्वना पुरस्कार नगद ५० हजार प्रमाणपत्र १ अन्य पुरस्कारहरु, उत्कृष्ट गायकलाई नगद रु १० हजार र प्रमाणपत्र, उत्कृष्ट गायिकालाई पनि नगद रु १० हजार र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।
गण्डकी विकास बैंकद्वारा विद्यालयलाई फर्निचर सामाग्री हस्तान्तरण
काठमाडौं । गण्डकी विकास बैंकले पोखरा महानगरपालिका बेगनासस्थित आनन्द ज्योति माध्यमिक बिद्यालयलाई फर्निचर सामाग्रीहरु हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु अध्यक्ष सुशिल गौचनको नेतृत्वमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षरुद्रनाथ अधिकारीलाई हस्तान्तरण गरिएको हो । यसरी वितरण गरिएका समाग्रीहरुमा १५ जना सम्म बस्न मिल्ने ५ वटा सोफा, २ वटा अफिस टेबल तथा कार्पेट लगायतका सरसामाग्रीहरु रहेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले गण्डकी विकास बैंक नेपाल अधिराज्यभर सशक्त शाखा सञ्जाल भएको विकास बैंक भएको र बैंकले प्रदान गर्ने सेवा एवं सुविधाहरु विशिष्टकृत रहेको बताए । विद्यालयका प्राचार्य शिवराज अधिकारीले विद्यालयको गतिविधिबारे प्रकाश पारेका थिए भने व्यवस्थापन समितिका अध्यक्षरुद्रनाथ अधिकारीले बैंकले प्रदान गरेको सहयोग प्रति आभार व्यक्त गर्दै विद्यालयको उन्नयन एवं विकासका लागि आगामि दिनमा समेत बैंकले यस प्रकारको सहयोग पु¥याउने छ भन्ने आशा व्यक्त गरे । बैंकका सञ्चालक किशोर ओझा, प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा समेतको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बैंकका सामान्य प्रशासन विभाग प्रमुख मोहन गिरीले गरेका हुन् ।