बैंक खाता नखोल्दा सामाजिक सुरक्षाभत्ता पाएनन्
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन । असार मसान्तमा वितरण भइसक्नुपर्ने सो भत्ता वितरण हुन नसक्दा ज्येष्ठ नागरिक, एकल, अपाङ्गता भएका नागरिक समस्यामा परेका छन् । रायाका तारावीर रावलले भने,“ नौ महिना बितिसक्यो भत्ता पाइएको छैन । “भत्ता नपाउँदा दशैँ पनि खल्लोमै बित्यो, दुई महिना हिउँद पनि चिसोमै काटियो । ” चुनावका बेला घरघरै पुगेर भत्ता वितरण गरिने आश्वासन दिए पनि अहिलेसम्म भत्ता नपाएको उनले गुनासो गरे । सामाजिक सुरक्षाभत्ता पाउने नागरिकले बैंकमा खाता नखोलेका कारण वितरणमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए । उनले सबै वडामा एकैपटक वितरण गर्न बजेट निकासा गरिएको तर नागरिकले बैंकमा खाता नखोलेका भत्ता नपाएको बताए । सामाजिक सुरक्षाभत्ता स्थानीय निकाय मार्फत सम्बन्धीतको बैंक खातामा जम्मा हुने नियम रहेको छ ।रासस
सोना बिरहीको लोकदोहोरी गीत ‘विष’ (भिडियोसहित) सार्वजनिक
काठमाडौं । गायिका तथा मोडल सोना बिरहीको लोकदोहोरी गीत ‘विष’ सार्वजनिक भएको छ । सोना र करन राज क्षेत्रीको स्वरमा रहेको गीत निर्देशकसमेत रहेका दिनेश ठकुल्लाको युट्युवबाट सार्वजनिक गरिएको हो । लय तथा शब्द साेना बिरहीकाे रहेकाे छ । धिताल फिल्मस् प्रा.लिकाे प्रस्तुती रहेकाे उक्त गीतमा साेना बिरही र दिनेश ठकुल्लाको अभिनय देख्न सकिन्छ ।
तस्बीर हेरेर पशुपतिकाे मुड चेच्ज
काठमाडौं । फुर्सदको समय निस्कने बित्तीकै डाँडा काँडामा हाइकिङ गर्न निस्कने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी पशुपति मुरारका दुई चार दिनको फुर्सद मिलेमा प्राकृतिक सुन्दरतामा रमाउन हिमश्रृङखलासम्म चढ्छन् । भ्रमणमा निस्कदा मोवाइलबाट उनले खिचेका तस्विर हेर्दा लाग्छ फोटोग्राफीमा सौखिन पत्रकार हुन् । उनी व्यस्त समयलाई छल्दै शुक्रबार विहान साढे दश वजे नेपाल आर्ट काउन्सिल पुगेका थिए । फोटो पत्रकार क्लवले ववरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखेको नेपालकै सवैभन्दा ठूलो प्रतियोगिता बाट छानिएका १७६ तस्विरको प्रदर्शनी अवलोकन गर्न पुगेका मुरारकाले झण्डै एक घण्टा प्रदर्शित तस्विर हेरेर बिताए । प्रदर्शनीमा राखिएका केही तस्विर हेरेर मुरारका प्रसन्न भए भने केही तस्विरले उनलाई गम्भिर अवस्थामा पुर्यायो । विशेष गरी नेपालको प्राकृतिक सुन्दरता, डाँडा काँडा देखिएका तस्विरमा खुलेरै रमाएका उनी समाजको यथार्थ परक दृष्यहरुमा गम्भीर बनेका थिए । दुर्घटना र हिंस्रक तस्विरमा उनी चिन्तित देखिए । अवलोकन पछि कमेन्ट वुक्समा उनले लेखेका छन्–‘नेपालको आर्थिक, सामाजिक, राजनैतिक र धार्मिक साँस्कृतिक क्षेत्रलाई समग्र रुपमा यस प्रदर्शनीले समेटेको र यसले समग्र नेपाललाई परिचित बनाएको हुँदा यस प्रशर्दनीले नेपालको समग्रतालाई वुझन आफूलाई सहयोग गरेको छ ।’