स्पर्स लघुवित्तले ३५ जना किसानलाई दियो कृषि तथा पशुपालन सम्बन्धी तालिम
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय भुताहा नवलपरासीले ग्राहक सदस्यहरुका लागी कृषि तथा पशुपालन सम्बन्धी तालिम दिएको छ । संस्थाले फागुन २८ गते नवलपरासीको भुताहामा उक्त तालिम दिएको हो । तालिमको उद्घाटन प्रमुख अथिति केन्द्रीय कार्यालय अनुगमन विभागका अनुगमन अधिकृत अरबिन्द मल्लले गरेका हुन् । व्यावसायीक रुपमा कृषि तथा पशुपालन गरीरहेका किसान र कृषि तथा पशुपालन गरी व्यावसाय विस्तार गर्न उत्सुक ३५ जना किसान महिला सदस्यहरुका लागी तालिम दिइएको थियो । तालिमको स्रोत व्यक्ति पशुविज्ञ हेमन्त कुमार चौधरीले पशुपालन सम्बन्धी र कृषिविज्ञ सुरेन्द्र कुमार सिंहले कृषि सम्बन्धी तालिम दिएका थिए । स्रोत व्यक्तिहरुले कृषि तथा पशुपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु समस्या आएमा त्यसलाई समाधान कसरी गर्ने उपायहरुको बारेमा जानकारी गराइएको थियो । माया कुमारी चौधरीले व्यावसायीक तरकारी खेती गरी सफलता तथा आत्मनिभर भएको जानकारी गराएकी छन् । कार्यक्रममा प्रमुख अथिती मल्लले संस्थाले ग्राहक सदस्यलाई यस्ता किसिमको तालीम नियमित रुपमा दिँदै गएको र भविष्यमा पनि यस्ता सीपमूलक तालिमहरु नियमित रुपमा दिँदै जाने बताए । साथै, तालिममा सहभागीहरुलाई प्रमाणप्रत्र पनि वितरण गरिएको थियो ।
सेञ्चुरी बैंकले गर्यो निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्नो नवौं वार्षिक उत्सवको उपलक्ष्यमा आफ्नो प्रधान कार्यालय पुतलीसडकमा उक्त कार्यक्रमहरु सञ्चालन गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम चावहिलस्थित ओम हस्पिटल तथा ताहाचलस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा सम्पन्न भएको हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेतको सहभागी उक्त शिविरमा धेरै जनाको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रममा पनि ३५ जनाभन्दा बढीको सहभागी थियो । बैंकका संचालक समितीका अध्यक्ष राजेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको वार्षिक कार्यक्रममा बैंकले महेन्द्र माध्यामिक विद्यालय हेलम्बु-६, सिन्धुपाल्चोकलाई २ थान ल्यापटप र १ थान प्रोजेक्टर प्रदान गरेको छ । त्यसैगरी बैंकले ‘आवर चाइल्ड केयर’ अनाथाश्रमलाई खाद्य सामाग्री पनि प्रदान गरेको छ ।
पर्वतकाे दृष्टीबिहिन विद्यार्थीलाई ग्लोबल आईएमई बैंकको सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंकले पर्वत जिल्लाको दृष्टीविहिन विद्यार्थीहरुलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरेको हो । उक्त सामाग्रीहरु सांसद गिरी र ग्लोबल आइएमई बैंक कुश्मा शाखाका शाखा प्रमुख प्रकाश शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडी, विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाँई लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । ग्लोबल आइएमई बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ ।