काेराेनाकाे प्रभाव: विवाहलाई एक वर्ष पछि सार्दै इटालीका युवाहरू

राेम । कोरोना भाइरस महामारी नभएको भए यसै वर्षको जुन (आगामी) हप्ता आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गरेका छन् । इटालीमा कोरोनाभाइरसकोे महामारीसँगै आफूहरूले विवाहलाई एक वर्ष पछि गर्ने निष्कर्षमा पुगेकोे कपुसिओनीले बताए । “हामी विवाह गर्न उत्साहित छौं तर महामारीका कारण साथीहरु र परिवारका सदस्यहरुको स्वास्थ्य र सुरक्षाको लागि पर्खनुपर्ने सबैभन्दा राम्रो सोच देखियोे,” ३२ वर्षीय कपुसिओनीले सिन्ह्वासँगको कुराकानीमा भने । हुनत यसका पछाडि धेरै कुरा छन् । कासिमिरी, ३३–वर्षीय, यस कुरामा सहमति नजनाउने कुरै भएन सँगै जीवन जीउने कसम खाएका उनीहरूबीच एक वर्ष पर्खिनलाई सहमति भयो । “हामीले आशावादी बन्दै महामारी अन्त्यका लागि पर्खियो तर महामारी लम्बिएपछि हामीलाई लाग्यो कि हामीसँग कुनै विकल्प छैन,” उनले भने । मध्य इटालियाली फ्लोरेन्सको ठीक बाहिर, भाल डी आर्नोमा बसोबास गर्ने कपुसियुनी र कासिमिरीको निर्णय सम्पूर्ण इटलीभरि दोहोरिएको छ र यो बुझ्न सकिने छ । विवाहमा ढिलाई हुने कुनै वास्तविक राष्ट्रिय तथ्यांक छैनन् तर सबै युवाहरूले केही ढिलो गर्ने निधो गरेका छन् । विवाहलाई ढिलो गर्नुमा एउटा त महामारीका कारण जमघटमा हुने समस्या हो भने अर्को स्वास्थ्य सङ्कटका कारण इटालीमा मृत्यु भएका मानिसहरूका कारण इटलीभर शोकमग्न समुदायको रमाइला गतिविधिमा औधि मोह देखिइसकेको छैन । विस्तारै सामान्य जीवनतिर फर्किने अभ्यास इटलीबासीहरूले गरेका छन् । हाल सम्म, नियमहरूले इटालियाली क्षेत्रबीच वा इटाली बाहिरबाट निषेधित यात्रालाई अहिले पनि निषेधित गरेको छ । विवाहमा पाहुनाहरूले मास्क लगाउनुपर्दछ र कम्तिमा दुई मिटर एक अर्काबाट टाढा हुनुपर्दछ । खाना बफेहरू, इटालियन विवाहको मुख्य आधार हो । तर यो प्रवृत्तिले क्याटरिङ, रेस्टुरेन्ट, फूल विक्रेता तथा अन्य व्यवसायहरू जसले वार्षिक १० अर्ब यूरो अर्थात् ११ अर्ब अमेरिकी डलर कर राज्यलाई तिर्ने गर्थे एउटा सङ्कटमा पर्ने देखिएको छ । “कोरोनाभाइरससम्बन्धी केही प्रतिबन्धहरू हटाइए पनि हप्तौं बितेको तालाबन्दी र प्रकोपबाट आएको सबै समाचारले मनोवैज्ञानिक छाप छोडेको इटालीको सेवा उद्योगको व्यवस्थापन निगरानी गर्ने संस्था प्रोन्टोप्रोका निर्देशक एलिस फिगारोलीले भने, “धेरै जोडीहरूले यस्तो चुनौतीपूर्ण अवधिमा आफ्नो जीवनको सबभन्दा खुसीको दिन के हुनुपर्दछ भनेर योजना गर्न कठिन छ ।” सरकारले आफ्नो सुधार योजनामा विवाहका लागि केही प्रोत्साहन समावेश गरेको छ । सबैभन्दा ठूलो विवाह समारोहको २५ हजार यूरो अर्थात् एक त्रैमासिकको कर खर्च कर्जा उपलब्ध गराउँनेछ , जुन प्रोत्साहन जनवरी १, २०२१ पछि विवाह गर्ने दम्पतीलाई दिनेछ । सरकारले आर्थिक सङ्कटका समय फजुल खर्च जोगाउनका लागि पनि विवाहका कार्यक्रमलाई पछि सार्न प्रोत्साहित गरेको देखिन्छ । कर छुटका कारण धेरै जोडीले ढिलो विवाह गर्न तयार भएका तर्क पनि इटलीमा राखिने गरिएको छ । मिलानका इल्लारिया मेस्सा र मटिया बिफ्फीले भने सेप्टेम्बरमा हुने विवाहलाई ढिलाइ गर्ने निर्णयमा कर प्रोत्साहनले कुनै भूमिका नखेल्ने बताए  । उनीहरूको शहर कोरोनाभाइरसका कारण निकै प्रभावित भएको तथ्य विवाह मिति सार्नुको मुख्य कारण हो भने । “सेप्टेम्बरको समयसम्म प्रकोपको स्थितिमा अवस्था अझ राम्रो देखिन सक्छ, तर हामी विवाहको बारेमा चिन्ता लिन चाहँदैनौं,” ३६वर्षीया मेसाले अन्तर्वार्तामा भने । “हामी विवाहित पाहुनाहरुलाई हुने कठिन परिस्थितिमा टाढा राख्न चाहन्छौँँ ।” “विवाहजस्तो रमाइलो कार्य यो सङ्कटका समय गरिने उचित होइन ,” ३४ वर्षीय बिफले भने । यो समयमा विवाह निकै नरमाइलो हुने निष्कर्षसहित आफूहरूले विवाहलाई अर्को वर्ष सार्र्ने योजना रहेको बिफले बताए । उनले भने,“कल्पना गरौँ न हामीले विवाहको सम्झनाका लागि खिचिने भिडियो र तस्वीरहरूमा अनुहारमा सङ्क्रमण हुन नदिन लगाइने प्लाष्टिकका कभरहरू, मास्क, ग्लोब्सजस्ता सङ्क्रमणबाट सुरक्षाका लागि प्रयोग हुने सामग्रीहरू ।” चालीस वर्षीया अन्ना मारिया पिरोज्जी र ३९–वर्षीया एन्टोनियो कोस्टाले भने सङ्कटको वेला भएपनि विवाहमा ढिलाई नगर्ने थोरै प्रतिशत अविवाहित युवा जोडीहरूको प्रतिनिधित्व गरे । उनले अझै पनि यस वर्ष विवाह गर्ने योजना बनाए । तर विवाहलाई रोम बाहिर मात्रै गर्ने र यसमा आफूहरू सेप्टेम्बरमा विवाहको मिति कायम गर्ने निर्णयको पछाडि पारिवारिक अवस्था रहेको बताएबा छन् । प्रियोजीले भने, “हामी दस बर्ष भन्दा बढी समयदेखि सँगै छौं र हाम्रा दुई बच्चाहरू छन्, तर हाम्रा आमाबाबुले सधैं भन्नुहुन्छ कि उहाँहरू हाम्रो बिहे गरेको देख्न चाहनुहुन्छ । मेरी आमा र एन्टोनियोका बुबा दुबैको स्वास्थ्य अवस्था कमजोर छ त्यसैले हामीले निर्णय गरेको समय ठीक छ ।” “हामी विवाहको मितिलाई उत्सव मनाउने कारणको रूपमा हेर्दैछौं । यसमा संलग्न सबै उत्साहित हुनेछन् । कठिन परिस्थितिका वावजुद पनि हाम्रो विवाहमा रमाउने छन् ।” तर एक चिकित्साकर्मीसमेत रहेका युवा कोस्टाले कोरोनाभाइरस सङ्क्रमणको महामारीको समय ३० मा २८ दिन काम गरेको अनुभव साट्दै भने, “हो विवाहको योजनालाई थोरै कटौति गरेर भएपनि स्वास्थ्य समस्या केही कम भएपछि विवाह गर्नुपर्छ ।” “हाम्रो वित्तीय स्थिति अहिले बढी कमजोर छ र त्यसैले हाम्रो योजनाहरूमा कटौति गरेका छौं ।” ‘हामी केवल परिवार र घनिष्ठ मित्रहरूलाई आमन्त्रित गर्दैछौं। परिस्थिति पूर्ण छैन । तर म सधैं आशावादी बन्ने प्रयास गर्छु र त्यसैले मेरो विचारमा इटालियनहरूले सन् २०२० लाई कारोना भाइरस बाहेक अन्य केही स्मरणीय घटनाको वर्ष बनाउनुपर्छ ।’ रासस/सिन्ह्वा

विरुवा उत्पादन गर्न २६ करोड सहयोग

तनहुँ । जिल्लाको ऋषिङ्गाउँपालिका–१ झापुटारस्थित निर्माणधीन तनहुँ जलविद्युत परियोजनाद्वारा विरुवा उत्पादन गर्न डिभिजन वन कार्यालयलाई २६ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । करिव ४ सय १७ हेक्टर वन क्षेत्र सो परियोजनाको जलाशयले डुवानमा पार्ने र १ लाख ८१ हजार विरुवा कटान गर्नुपर्ने जनाइएको छ । हुँदा त्यस बापतको क्षतिपूर्ति स्वरुप उक्त रकम सहयोग गरेको हो । छुट्टै वृक्षरोपण गर्न साथै २५ गुणाले विरुवा उत्पादन गर्ने उद्देश्यले परियोजनाले सो आर्थिक सहयोग गरेको हो । ३ हजार २ सय चौवन्न हेक्टर क्षेत्रफलमा रोप्न पुग्ने विरुवा उत्पादन गर्न परियोजनाले आर्थिक सहयोग गरेको कार्यालका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । परियोजनाले सहयोग गरेको सो रकम मध्ये हाल २ करोड बराबर खर्च भएको छ । उनले भने,“यसबर्ष परियोजनाको ९ लाख र गण्डकी प्रदेश सरकारको १ लाख गरी १० लाख रूपैयाँको लागतमा विरुवा उत्पादन गरिएको हो ।” सो रकमले सात वर्षको अवधिसम्म जिल्लामा करिव ५४ लाख विरुवा उत्पादन गर्ने योजना रहेको छ । हेर्दा वनजस्तो देखिने तर आयआर्जन नदिने क्षेत्रमा फडानी गरेर बृक्षरोपण गर्नका लागि दुई पक्षीय सहमति भएको जनाइएको छ । तेजपात पकेट क्षेत्र तेजपात खेतीलाई जिल्लामा पकेट क्षेत्रका रुपमा विकसित गरिने भएको छ । गत वर्ष जिल्लामा जडीवुटी विकास कार्यक्रम र वन विभागको रकमबाट करिब ३० हेक्टर सरकारी जग्गामा तेजपातका विरुवा लगाइएको डिभिजन वन कार्यालयले जनाएको छ । कृषकलाई तेजपातको विरुवा वितरण गरि पकेट क्षेत्र वनाउँन लागिएको हो । सो कार्यालयले गतवर्ष रु।२० लाख सहयोग गरी जिल्लाको शुक्लागण्डकी कृषि पर्यटन सहकारी संस्थाले तेजपात प्रशोधन गर्ने मेशिन खरिद गरी ल्याएको डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिनुभयो । तेजपातलाई प्रशोधन गरी त्यसबाट तेल निकाल्ने परीक्षण उत्पादन सम्पन्न भएको र अब व्यपारी उत्पादनको लागि तयारी भइरहेको उहाँले बताउनुभयो । यसको तेलबाट टुथपेष्ट र मसाज तेललगायतका औषधिजन्य वस्तु उत्पादन गर्न सकिने जनाइएको छ । म्याग्दे गाउँपालिकामा एक लाख, शुक्लागण्डकी नगरपालिकामा एक लाख विरुवा उत्पादन गरी लगाउने कार्य भइरहेको छ । त्यसैगरी, बन्दिपुर गाउँपालिकामा एनजिओ नेटवर्कले डिभिजन वन कार्यालयमार्फत विरुवा लगेर सामुदायिक वनमा रोपाएको छ । एक/दुई वर्षपछि बन्दिपुर गाउँपालिकासमेतमा प्रशोधन मेशिन आवश्यक पर्ने देखिएको उनले जानकारी दिए । डिभिजन वन कार्यालयले शुक्रबारसम्म करिब डेढ लाख विरुवा वितरण गरेको छ । निबुवा, कागती, आँप, लिची गरी २६ हजार फलफूल र अन्य चाप, बडहर, बकाइनो, अशोकालगायतका गरी डेढ लाख विरुवा वितरण गरेको हो । यसवर्ष दश लाख विरुवा उत्पादन गरेसँगै तयारी अवस्थामा रहेका विरुवा बितरण कार्य थालिएको कार्यालयले जनाएको छ । जिल्लाभित्र रहेका झाडी वनलाई हटाएर उत्पादनशील वन वनाउने उद्देश्यले विरुवा उत्पादन गरेको हो । उनले भने, “पशुपालन तथा मौरी पालन पेशालाई आयआर्जनमा सहज वनाउन र बाँझो जग्गा नराख्ने अभियान अन्र्तगत विरुवा बितरण गर्ने गरिएको हो ।” कार्यालयले परिसरको नर्सरीमा २ लाख २५ हजार विरुवा उत्पादन गरेको छ भने जिल्लामा रहेका आठ सब डिभिजनले आआफ्नो क्षमता अनुरुप विरुवा उत्पादन गरेको सहायक वन अधिकृत उप्रेतीले जानकारी दिए । कार्यालयले ६ लाख विरुवा उत्पादन गरेको भएपनि यसवर्ष करिब ४ लाख बढी विरुवा उत्पादन गरेको जनाएको छ ।  रासस

कोरोना जोखिम बढेपछि अत्तरिया बजार बन्द

अत्तरिया । कोरोना भाइरसको जोखिम बढेपछि अत्तरिया बजारका अत्यावश्यक सेवा वाहेकका अन्य सबै पसल तथा व्यवसाय बन्द गरिएका छन् । गोदावरी नगरपालिकाको आग्रह र उद्योग वाणिज्य संघको सहमतिमा अर्को सूचना जारी नहुँदासम्म बजार पूर्णरुपमा बन्द गरिएको संघका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । सो नगरपालिका गत जेठ २४ गते पहिलो पटक एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ३२ गते गोदावरी–१ का ४६ वर्षीय पुरुषको कोरानाबाट मृत्यु भएको थियो । सो नगरपालिकामा हालसम्म नौ जनामा कोरोना पुष्टि भइसकेको जनाइएको छ । रासस