गोंगबु हत्याकाण्डको रहस्य पर्दाफासः यसरी बुनिएको रहेछ योजना
काठमाडौं । गांगबु हत्याकाण्डको रहस्य खुलेको छ । आज प्रहरीले रोल्पाका कृष्णबहादुर बोहोराको हत्या गर्ने कल्पना मुडभरी र उनकी छोरीलाई सार्वजनिक गर्दै घटनाको रहस्य बताएको हो । प्रहरी अनुसन्धानको क्रममा अभियुक्तले दहीमा ५ वटा निद्राको औषधि मिसाई खान दिएको र सो खाएपछि मृतक सुतेको मौकामा फलामको ह्याम्मरले मृतकको अण्डकोषमा प्रहार गरेको खुलेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा लठ्ठिएपछि कल्पनाले पहिला अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन्। त्यसपछि सलले घाँटी कसेकी थिइन्। त्यसपछि कृष्णबहादुरलाई सलको प्रयोग गरी घाँटीमा थिचेपछि मृत्यु भएको प्रहरीको भनाइ छ । कृष्णको लास गत आइतबार गोंगबु नजिकै सुटकेसभित्र राखिएको अवस्थामा फेला परेको थियो । मृतकको शव आइतबार बिहान नवज्योति मार्गमा सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टा ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमिनमा फेला परेको थियो । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभत्स हत्याकाण्डका आरोपी मुडभरी र मृतक बोहोराबीच करिब ३-४ वर्षदेखि फेसबुकमार्फत चिनाजानी भई सम्पर्क हुँदै आएको अनुसन्धानबाट खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्याको मुख्य कारण आर्थिक लेनदेन र यौन हिंसा रहेको बताएको छ । अभियुक्त कल्पनाले पनि हत्याको स्वीकार गरिसकेको प्रहरीले बताएको छ । बोहोरा र उनीबीच अन्तरंग सम्बन्ध रहेको, बोहोराले आफ्नो नाङ्गो फोटो फेसबुकमा हाल्न थालेपछि हत्या गरेको बयान उनले दिएको प्रहरीले जनाएको छ । आजको पत्रकार सम्मेलनमा प्रहरीले कल्पनाले बोहराको हत्यापछि शवको टाउको छिनाई झोलामा राखी आफै फाल्न गएको खुलाएको छ । शवको व्यवस्थापन गरेपछि अभियुक्त साउन २५ गते बेलुका एम्बुलेन्समार्फत चितवन पुगेको अनुसन्धानबाट खुल्न आएको छ भने अनुसन्धानकै क्रममा उनी र उनकी छोरीको शव व्यवस्थापनमा संलग्नता रहेको खुलेपछि दुबैलाई चितवनबाट सोमबार राती नै काठमाडाैं ल्याइ आज सार्वजनिक गरेको हो । घटनास्थलबाट प्रहरीले दशीको रुपमा घारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पन्जा, घाँटी कस्न प्रयोग भएको कालो सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, स्लिपिङ ट्याबलेटका खोल र मोबाइल सेट बरामद गरेको छ । कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छिन् ।
बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चको स्थापना
लण्डन । बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको यही अगस्त ५ र १० (साउन २१ र २६ गते) तारिख लण्डनमा बसेको बैठकले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ । संयुक्त अधिराज्यको हाउस अफ लड्र्सका सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष लर्ड शेखको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको सोमबार लण्डनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । मञ्चको उपाध्यक्षहरुमा लर्ड करण विलिमोरिया, भिस्काउण्ट वेभर्ली, महन्तबहादुर श्रेष्ठ, भगवानजी चौहान र रवीन्द्रजङ्ग लामिछाने रहेका छन् । महासचिवमा आतम सन्धु र कोषाध्यक्षमा विकास नेपाल रहेका छन् । मञ्चको संरक्षकमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी छन् । सोमबार आयोजित उद्घाटन कार्यक्रममा राजदूत डा सुवेदीले आर्थिक विकासका लागि नेपाल सरकारले लगानीमैत्री नीति कार्यान्वयन गरिरहेको भन्दै युके–नेपाल व्यापार तथा लगानी मञ्च बेलायत र नेपालबीच व्यापार, व्यवसाय र लगानीको प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने विश्वाससमेत व्यक्त गरे । समारोहमा मञ्चका नवनिर्वाचित अध्यक्ष तथा बेलायती सांसद लर्ड शेखले मञ्चका माध्यमबाट नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार अभिवृद्धि गर्ने दिशामा सकारात्मक योगदान गरी नेपालको आर्थिक विकासमा सहयोग पु¥याउन प्रतिबद्ध रहने बताए । उनले लण्डन अन्तर्राष्ट्रिय व्यापार र लगानीको प्रमुख केन्द्र रहेको भन्दै नवगठित मञ्चद्वारा नेपालका व्यवसायीको सम्पर्क र सम्बन्ध बेलायतीसहित अन्तर्राष्ट्रिय व्यापारी र उद्यमीसँग गराउँदै नेपाल सरकारको व्यापार, वाणिज्य तथा लगानीसम्बन्धी नीति तथा कार्यक्रम बेलायतका व्यवसायी र लगानीकर्तासम्म पु¥याउने काममा मञ्च प्रयत्नशील रहने बताए । युके–नेपाल व्यापार तथा लगानी मञ्चले आगामी सेप्टेम्बर महिनाको तेस्रो साता नेपालको व्यापार र लगानीमा केन्द्रित रही एक विशेष कार्यक्रम आयोजना गर्ने सोच रहेको उल्लेख गरेको छ ।
सेवाग्राीसँग घुस माग्ने नायव सुब्वा विरुद्द मुद्दा
काठमाडौं । सेवाग्राहीबाट घुस माग्ने कैलाली जोशीपुर गाँउपालिकाका नायव सुब्बा सिद्धराज जोशी विरुद्द मुद्दा गरिएको छ । उनी विरुद्द अख्तियार दुरुपयाेग अनुसन्धान आयागले आज विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे । सिलाई कटाई तालिम, सैलुन तालिम र चुरा बनाउने तालिमहरू दिई तालिम सफलता पुर्वक सम्पन्न गरी चेक भुक्तानी लिइसके पश्चात पनि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले उनलाई जोशीलाई घुस बापतको ८५ हजा रुपैयाँ सहित सहित नियन्त्रणमा लिई उनी विरुद्द मुद्दा दायर गरे को हो । अनुसन्धानको सिलसिलामा जोशीले जोशीपुर गाउँपालिकाको स्विकृत बार्षिक कार्यक्रम अनुसार जोशीपुर गाउँपालिकाको सिलाई कटाई, चुरा बनाउने तालिम सम्पन्न गरी भुक्तानी भएकोमा उल्लेखित तालिम प्राप्त गर्न तथा भुक्तानीको लागि सहजीकरण गरेबापत सेवाग्राहीसँग रकम माग गरेकोमा रकम दिन इन्कार गर्दा उनले आगामी दिनहरुमा कामबाट बन्चित गराउनेसमेत पटक-पटक धम्काई रहेका थिए । जोशीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएकोले निज सिद्धराज जोशीलाई बिगो ८५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको हाे ।