नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि पोखरामा हुने
काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ २२ देखि २८ गतेसम्म पोखरामा संचालन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले प्रतियोगिताको मिति तय गरेको हो । गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरामा आयोजना गरिने प्रतियोगिताको मिति तय भएसँगै आवश्यक तयारी थाल्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले निर्देशन दिएका छन् । प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित सुरु गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण दुई वार्षदेखि सञ्चालन हुन नसकेको प्रतियोगिता आगामी जेठमा हुने भएको हो ।
विश्व क्रिकेट वरियतामा दीपेन्द्रको छलाङ : टप टेनभित्र पर्न सफल
काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टि-२० आई वरियतामा अलराउन्डरतर्फ १०औं स्थानमा उक्लिन सफल भएका छन् । आइसिसीले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १५२ रेटिङ अंकका साथ नेपाली क्रिकेट इतिहास कै उत्कृष्ट वरियतामा परेका हुन् । दीपेन्द्र ब्याटिङतर्फ नयाँ वरियतामा ३८औं स्थानमा छन् । कुशल भुर्तेल ३६औं स्थानमा छन् । आरिफ शेख ९९औं स्थानमा छन् । टि-२० आईको बलिङतर्फ सन्दीप लामिछाने ३८औं स्थानमा छन् ।
बैंक अफ काठमाण्डुका ग्राहकलाई ल्याण्डमार्क होटलमा छुट
काठमाडौं । नयाँ वर्षको अवसरमा बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले चितवन र पोखरास्थित ल्याण्डमार्क होटलमा छुट पाउने भएको छ । बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबीच ग्राहकलाई छुट दिनेबारे सम्झौता भएको हो । सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरुलाई साढे १२ प्रतिशतसम्म होटलका सबै सुविधामा छुट हुनेछ । ल्याण्डमार्क होटलले काठमाण्डौं, पोखरा र चितवनबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरू, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।