मलेसियामाथि नेपालको सानदार जित, दीपेन्द्रसिंह ऐरीको किर्तिमानी
काठमाडाैं । मलेसियामाथि नेपालकाे सानदार जित भएकाे छ । दीपेन्द्र सिंह ऐरीले शानदार शतक प्रहार गरेपछि नेपालले त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको हाे । कीर्तिपुरस्थित टीयू मैदानमा दीपेन्द्रले एक सातामै दोस्रो शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले २२३ रन बनाएको थियो । नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याएको मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयो । नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित शृंखलामा यसअघि नै लगातार तीन खेल जितेर फाइनलमा स्थान पक्का गरिसकेको नेपाल अपराजित रहँदै शीर्षस्थानमा रह्यो । मलेसिया पराजित हुँदा पीएनजी भाग्यमानी बन्दै दोस्रो स्थानमा रहेर फाईनल पुग्यो । अब फाईनल खेल सोमबार हुनेछ ।
नेपालले मलेसियालाई दियो २२४ रनको लक्ष्य, दिपेन्द्र ऐरीको शतक प्रहार
काठमाडाैं । नेपालले मलेसियलाई २२४ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भइरहेको खेलमा नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिएको हाे । दीपेन्द्र सिंह ऐरीकाे ११० रनकाे मद्दतमा कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर २२३ रन बनाएको हो । दीपेन्द्र ओडीआई र टी-२० आईमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने । दीपेन्द्रले ५७ बल खेल्दै १० चौका र ६ छक्का मद्दतमा अविजित ११० रन बनाए । यस्तै, रोहित पौडेलले पहिल टी२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरे । रोहितले ३४ बल खेल्दै ५ चौका मद्दतमा ५१ रन बनाए । ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाए । आरिफ शेख २ रन बनाएर आउट भए । आदिल अन्सारीले १४ रन जोडे । अन्तिम बलमा आदिल रनआउन हुनुअघि दीपेन्द्रसँग ५९ रनको साझेदारी गरे ।
युवा रेडक्रस सर्कल नेपाल कमर्शले शुरु गर्यो नयाँ अभियान, पायो नगदसहित विभिन्न सामाग्री
काठमाडौं । युवा रेडक्रस सर्कल नेपाल कमर्शले ‘आफूलाई चाहिने सामग्री आफै जुटाउने’ अभियान शुरु गरेको छ । ‘म सेवा गर्छु’ भन्ने उद्देश्यका साथ स्थापना भएको युवा रेडक्रस सर्कलले हालैदेखि उक्त अभियान शुरु गरेको हो । सर्कलले स्थापनादेखि नै क्याम्पस परिधिभित्र मात्रै सीमित नभई देशमा संकट परेको बेला समेत जस्तोसुकै सेवा दिँदै आएको छ । साथै, संस्थाले क्याम्पस हाताभित्र समेत विद्यार्थीको व्यक्तिगत क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ । त्यस्तै, उक्त क्रियाकलापलाई आगामी दिनमा थप उर्जागर बनाउन विश्वचन्द्र विष्णुदेवी हमाल ठकुरी स्मृति केन्द्रले एक कार्यक्रमकाबीच युरेस नेपाल कमर्श क्याम्पसलाई आर्थिक सहयोगसहित विभिन्न सामाग्री प्रदान गरेको छ । उक्त स्मृति केन्द्रले संस्थाका पुर्व अध्यक्ष दिपक चालिसेको पहलमा १ थान कम्प्युटर १ थान प्रिन्टर, १ थान दराज, मास्क र ५० हजार रुपैयाँको चेक प्रदान गरेको हो । कार्यक्रमको सभापति गरिरहेका युवा रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पसका अध्यक्ष कुशल बस्नेत प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख तेजराज पोखरेल र अतिथी क्याम्पसका स्टोर प्रमुख रामहरि फुयालले संयुक्त रुपमा सहयोग सामग्री र चेक ग्रहण गरेका हुन् । कार्यक्रममा विशेष अतिथि सहयोगी संस्थाको तर्फबाट सुनिता पाण्डे(अध्यक्ष), सलिना खड्का (सचीव), कन्चन श्रेष्ठ (उपाध्यक्ष) र शशी श्रेष्ठ सहभागि थिए । युवा रेडक्रस सर्कल कार्यसमिति सदस्य सरोज गौतमले रेडक्रस स्थापनाको इतिहास बताउँदै रेडक्रसले गर्दै आएको मानविय सेवाको मुक्तकण्ठले प्रसंसा गर्दै सहयोगी संस्थालाई धन्यवाद दिएका छन् । विद्यार्थी संगठनका प्रतिनिधि अनेरास्ववियु अध्यक्ष समशेर खड्का, अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष समराज राइले मन्तब्य राख्दै युवा रेडक्रस सर्कल नेपाल कमर्स क्याम्पसले गर्दै आएका कामको सराहना गरेका हुन् । त्यस्तै, अध्यक्ष बस्नेतले विश्वचन्द्र विस्णुदेवि हमाल ठकुरी स्मृति केन्द्रले बिगतमा गाउँठाउँमा गरेको सहयोगको स्मरण गर्दै सहयोगी संस्थालाई व्यक्तिगत र युवा रेडक्रस सर्कल नेपाल कमर्स क्याम्पसको तर्फबाट धन्यवाद दिएका छन् ।