झिङ्गेदाउ’ फिल्म भदौ १७ गतेदेखि प्रदर्शनीमा आउने

काठमाडौं । चलचित्र ‘झिङ्गेदाउ’को विशेष प्रदर्शनी गरिएको छ । कमलपोखरीस्थित विगमुभिजमा चलचित्र निर्माण पक्षले विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको हो । यही भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा आउने सो चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । पारिवारिक कथावस्तुमा निर्माण भएको यस चलचित्रमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ भने हिँउवाला गौतम, प्रतिक्षा शाह, सङ्गम भण्डारी, आर्यन खड्का, आशा भुषाल, अभयराज बराल, विजय देउजालगायत कलाकारको अभिनय रहेको छ । घरपरिवारमा दाजुभाइबीच हुने प्रेम, झैँझगडा तथा विवादलाई चलचित्रको विषयवस्तु बनाइएको छ । चलचित्रमा अभिनेत्री केकी अधिकारी र आँचल शर्माले जेठानी–देउरानीको भूमिका देख्न सकिन्छ । कार्यक्रममा कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसी, कलाकार दिपाश्री निरौला, दीपकराज गिरी, मिथिला शर्मा, उत्तम केसी, अभिनेत्री स्वस्तिमा खड्का, रिमा विश्वकर्मालगायतका कलाकारको उपस्थिति थियो । चलचित्र हेरेपश्चात कलाकारले अभिनेत्री हिँउवाला गौतमको अभिनयलाई निकै तारिफ गरेका थिए । ‘ चलचित्रमा नायकको भूमिका नै नायिकाले गरेकि छिन्’, कलाकार मिथिला शर्माले भनिन्। त्यसो भनिरहँदा अभिनेत्री गौतम निकै भावुक हुनुभएको थियो । ‘चलचित्र हेरेर हाँस्दाहाँस्दै सबैको आँखा रसाएको पत्तै नहुने रहेछ’, कलाकार शर्माले भनिन् । त्यस्तै निर्देशक तथा कलाकार निरौलाले चलचित्रको कथावस्तु मौलिक र अग्र्यानिक रहेको बताएका छन् । निर्माताका रूपमा सुलभ प्रतीक देउजा, समीक्षा देउजा रहेका यस चलचित्रमा साहित्यकार भिमनिधि तिवारीको कथा कृतिमा आधारित कथावस्तु रहेको छ । कपनगडी सिनेमा र फिल्मक्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा र संवाद रहेको छ । यसअघि सार्वजनिक भएको चलचित्रको गीतलाई दर्शकले निकै मन पराएका थिए । रासस

महानगरमै पुगेर काठमाडौं फनपार्कले बुझ्यो कर तिर्ने पत्र, २४ घण्टाभित्र नतिरे बन्द गरिने

काठमाडौं । बुधबार कर तिर्ने पत्र बुझ्न नमानेको फनपार्कले बिहीबार काठमाडाैं महानगरमै पुगेर पत्र बुझेको छ । बिहीबार बिहान ११ बजे महानगरमा पुगेर काठमाडौं फनपार्क प्रालिको सञ्चालक समूहले कर तिर्न ताकेता गरेको पत्र बुझेको हो । काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकाका अनुसार काठमाडौं फन पार्कले व्यवसाय कर वर्षको २० हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । सो कर पनि ६/७ वर्ष देखि पार्कले तिरको छैन । उनीहरूले बहाल कर कति लिन्छन् भन्ने विषयको सम्झौता महानगरलाई नदिएको पनि उनले बताए । ‘सञ्चालक टिमले हिजो चिठी बुझ्न मानेको थिएन, चिठी बुझेको २४ घण्टा भित्र कर बुझाउनु पर्ने हुन्छ, आज महानगरमै आएर पत्र बुझेको छ, त्यो समय भित्र कर नतिरे महानगरले फन पार्क बन्द गर्नेछ,’ उनले भने । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित ‘काठमाडौं फन पार्क प्रालि’लाई कर तिर्न ताकेता गरेको थियो । हिजो अर्थात् बुधबार काठमाडौं महानगरको राजस्व विभागले पत्राचार गर्दै २४ घण्टाभित्र व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर र विज्ञापन कर तिर्नका लागि फन पार्कलाई ताकेता गरेको थियो । पत्राचारमा तोकिएको अल्टिमेटमभित्र कर नतिरे फन पार्क सिलबन्दी गरी असुल उपर गरिने चेतावनी दिइएको छ । तोकिएको समयभित्र नबुझाएमा त्यस फन पार्क सिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने पनि जानकारी गराइएको छ । समाजकल्याण परिषद्को स्वामित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फन पार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरू निर्माण गरी विभिन्न खेल गतिविधि सञ्चालन गर्दै आएको छ । काठमाडौं फन पार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो ।

अब खल्ती एपबाट क्युएफएक्स सिनेमाको टिकट काट्न सकिने

काठमाडौं । खल्ती एपबाट क्युएफएक्समा चल्ने सिनेमाको टिकट काट्न सकिने भएको छ । बुधबार दुई कम्पनीबीच सम्झौता भएसँगै खल्ती एपबाट क्युएफएक्सको टिकट काट्न सकिने भएको हो । खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विनय खड्काले ५० सकेण्डमा टिकट काट्न सकिने बताए । उनले चलचित्र उद्योगमा यस साझेदारले ठुलो सहयोग पुग्ने विश्वास लिएको पनि बताए । ‘खल्तीले विगत ६ वर्षदेखि देशलाई नै डिजीटलाइजेशन गर्ने लक्ष्य लिएर अगाडि बढी रहेको छ, नेपालमा पनि दिनहुँ भूमि कल्चरको विकास बढ्दो छ, त्यसलाई समर्थन गर्ने हिसाबले र हामी आफै पनि माससम्म पुग्न क्युएफएक्स सिनेमासँग साझेदारी गरेका हौं,’ उनले भने । थ्रिएटरसँग मात्र नभई चलचित्र लेबलसम्म नै साझेदारी गरेर अगाडी बढ्ने योजना रहेको पनि खड्काले बताए । यस्तै, क्युएफएक्समा सिनेमा घर देशका विभिन्न ११ ठाउँमा रहेको क्युएफएक्समा सिनेमाकी महाप्रबन्धक प्रशंसा पाण्डेले बताइन् । सो हाल काठमाडौं उपत्यका भित्र सिभिल मल, लबिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स रहेका छन् । यस्तै, भाटभटेनी विराटनगर, जल्मा नारायणगढ, बागेश्वरी नेपालगन्ज, वान स्टप मल बिर्तामोड, भाटभटेनी बुटवल क्युएफएक्सका सिनेमा हलहरू छन् । ‘आफूलाई मन परेको चलचित्र हेर्नको लागि घण्टौं कुर्नु पर्छ, लाइनमा नै बसर अब टिक काट्नु पर्दैन, अब खल्ती एप बाट सजिलै मनपरको सिट सहित जुन सुकै चलत्रिको पनि टिकट काट्न सकिन्छ,’ उलने भनिन् । १२औं क्युएफएक्स हल वीरगन्जमा खुली सञ्चालनमा आउने पनि पाण्डेले जानकारी दिइन् । खल्तीको करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ५० हजार भन्दा बढी एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् ।