पहिरोले महाकाली राजमार्ग अवरुद्ध
बैतडी । पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो । पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्घ भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ । राजमार्ग अवरुद्घ हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडीहरु अहिले बीचबाटोमै रोकिएका छन् । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रायले बताए । यसअघि मङ्गलबार पनि पहिरोका कारण उक्त राजमार्ग अवरुद्ध भएको थियो ।
भिभोले दराजसँग दशैंको लागि गर्यो सहकार्य, स्मार्टफोनमा ७ हजारसम्म छुट
काठमाडौं । भिभोले दराजसँग सहकार्य गर्दै दशैं ९.९ क्याम्पेन सार्वजनिक गरेको छ । क्याम्पेन आश्विन २ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । यस अन्तर्गत ग्राहकहरूले विशेष छुट, एक्सक्लुसिभ डिल्स र भर्खरै बजारमा आएको भिभोका स्मार्टफोनमा आकर्षक अफर पाउनेछन् । क्याम्पेनमा सहभागी हुने ग्राहकहरूले ७ हजारसम्मको डिस्काउन्ट भौचर प्राप्त गर्न सक्नेछन् । भर्खरै बजारमा ल्याइएका दुई नयाँ मोडल भिभो भी६० र वाई२१डि पनि दराजमार्फत आधिकारिक रूपमा उपलब्ध हुनेछन् । यी स्मार्टफोनहरूमा प्रिमियम डिजाइन, उन्नत फिचर र नयाँ पुस्तालाई लक्षित उत्कृष्ट प्रदर्शन रहेको कम्पनीले जनाएको छ । यस अवसरमा, भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने, 'दशैं क्याम्पेनका लागि दराजसँगको सहकार्यले ग्राहकहरूको चाडपर्वलाई अझ विशेष बनाउन योगदान पुर्याउनेछ । आकर्षक अफर, रोमाञ्चक पुरस्कार र हाम्रो फ्ल्यागशिप भी६० तथा युवालाई लक्षित वाई२१डिको उपलब्धतामार्फत हामीले यो दशैंलाई अझै स्मरणीय बनाउन चाहेका छौँ ।' भिभोले यो सहकार्यमार्फत नेपालमा आफ्नो डिजिटल उपस्थितिलाई थप मजबुत बनाउँदै सहज सेवा र आकर्षक अफरमार्फत ग्राहकसम्म पुग्ने लक्ष्य राखेको छ । कम्पनीले विजय दशमीलाई लक्षित गर्दै उपभोक्ताले नयाँ स्मार्टफोनमार्फत अत्याधुनिक प्रविधिसँग दशैंको खुसीयाली मनाउने अवसर पाउने विश्वास व्यक्त गरेको छ ।
सभामुख पाठकले दिए राजीनामा
बागमती । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख अप्सरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।