पुँजीगत लाभकरका विषयमा अस्पष्टता नहटेसम्म राफसाफ नगर्ने लगानीकर्ताको चेतावनी
काठमाडौं । सेयर बजारका लगानीकर्ताहरूले पुँजीगत लाभकरको अस्पष्टता नहटेसम्म राफसाफ नगर्ने भएका छन् । लगानीकर्ताहरूले हकप्रद र बोनस सेयरको भारित मूल्य गणना विधिको अस्पष्टता नहटेसम्म पुँजीगत लाभकर नतिर्ने चेतावनी दिएका हुन् । सेयर बजारमा कारोबार गर्दै आएका लगानीकर्ताको चारवटै संस्थाले यसको स्पष्टता नभएसम्म राफसाफ नगर्ने बताएका छन् । भारित औषत लागतको गणना गर्दा लगानीकर्ता आफैले लागत मूल्यको स्वःघोषणा गर्नु पर्ने सूचना जारी गरेसँगै लगानीकर्ताहरु आन्दोलित भएका हुन् । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने-नाफामा सरकारलाई कर तिर्ने हो, ‘घाटामा तिर्ने होइन । हकप्रद तथा बोनस शेयरको खरिदमूल्य १०० रुपैंया मानेर त्यसमा पुँजीगत लाभकर उठाउने गरी लिएको सरकारी नीतिका विरुद्ध हामीले यो कदम चालेका हौं । उनले भने-‘हामीले राफसाफ रोकेपनि सेयर कारोबार भने गर्नेछौं ।’ भारित औषत लागत गणना गर्दा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएससी र लगानीकर्ताहरुले ‘कट अफ प्राइस’ का लागि कुनै एक दिनलाई आधार दिनको रुपमा मान्न सुझाएको थियो । यस विषयमा आन्तरिक राजस्व विभागले सहमति दिएको छैन । अहिले नेप्सेले सेयर मूल्यको समायोजन गर्छ । कम्पनीको तहमा मूल्य समायोजन गरेर आधार मूल्य निकालेर पुँजीगत लाभकर लगाउँदै आएको थियो । अहिले भने प्रत्येक लगानीकर्ताले नयाँ विधिअनुसार पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । सिडिएससीले आधार दिन तय नहुँदा पूँजीगत लाभकर गणना गर्न गाह्रो पर्ने सुझाव दिएको छ । सरकारले व्यक्तिगततर्फको पुँजीगत लाभकर घटाउनु र हकप्रद तथा बोनस शेयरको पुँजीगत लाभकर गणना गर्दा वेटेड एभरेज (भारित औसत) का आधारमा गणना गर्ने घोषणाको स्पष्टता व्यवसायीहरूले खोजेका हुन् ।
नयाँ आर्थिक वर्षको दोश्रो दिन नै घट्यो नेप्से, ४१ करोडको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक उकालो लाग्नेक्रम आज थामिएको छ । बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २७३.८४ विन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १५८ कम्पनीको १२ लाख ५० हजार ७०८ कित्ता शेयर रु ४१ करोड १३ लाख ६९ हजार २९९ मूल्यमा खरीद बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । त्यसमा वित्त ३.०३, उत्पादन ५.३९ र लघुवित्त ०.१८ विन्दुले बढेको छ । यस्तै बैंकिङ १.३५, होटल २५.८८, विकास बैंक ४.३६, जलविद्युत् ७.५८, अन्य ०.७४, जीवन बीमा २७.६७ र सामूहिक लगानी कोष ०.०१ अङ्कले घटेको छ । स्टकका अनुसार कारोवारका आधारमा छिमेक लघुवित्त विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकले रु पाँच करोड १७ लाख ६८ हजार ५०० बराबरको कारोवार गर्यो । यस्तै शिवम् सिमेन्ट रु दुई करोड ६१ लाख ५५ हजार ३६२, नेपाल लाइफ इन्स्योरेन्स रु दुई करोड ४५ लाख ९७ हजार १२, नेपाल बैंक लिमिटेड रु दुई करोड २८ लाख नौ हजार ६१५, प्रभु बैंक रु एक करोड ७९ लाख ६६ हजार ३३९ र एनआइसिएशिया बैंकको रु एक करोड ३० लाख ५१ हजार ८८४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले ९.२४, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४.९४, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ४.८९, दिव्येश्वरी हाइड्रो ४.२३ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६३ प्रतिशतले कमाए । त्यस्तै मेरा माइक्रोफाइनान्स वित्तीय संस्था ६.८१, नविल इक्विटी फण्ड ५.५७, एशियन लाइफ इन्स्योरेन्स ३.२९, ज्योति विकास बैंक २.९४ र पाँचथर पावर कम्पनीका शेयरधनीले २.८७ प्रतिशतले गुमाए ।
नयाँ आवमा सेयर बजारमा उत्साह, १५ अंकले बढ्यो
काठमाडौ । नयाँ आर्थिक बर्ष २०७६/०७७ को पहिलो दिन नेप्से परिसूचकले १५.८५ अंकले बढेको छ । नयाँ आवको पहिलो र साताको चौथो दिन बुधबार परिसूचक १.२६ प्रतिशतले बढ्दा १२७४.८६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज सेयर बजारमा १६७ कम्पनीले कारोबार गरेका छन् । १३ लाख ७५ हजार १ सय ९० कित्ता सेयर किनबेच हुँदा ४२ करोड ६७ लाख ४३ हजार ४ सय ५८ रुपैयाँको कारोबार भएको हो । आज नेप्सेका २ सूचक राता देखिए भने अन्यमा हरियाली छायो । होटल समूह २७.२ र वित्तीय क्षेत्र १.६२ अंकले घटेका छन् । बैंक समूह १६.६९, विकास बंैक २७.३५, जलविद्युत १८.७३, निर्जीवन बीमा ५५.०२, उत्पादनमूलक समूह ३५.२८, अन्य २.९२, माइक्रोफाइनान्स २५.९८, जीवन बीमा समूह ४९.६९ अंकले बढेका छन् । उन्नती माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ७ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका भने सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९ अंकले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।