नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल फाइनान्सको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आज (माघ २१ गते) बुधबार मात्रै १२५ प्रतिशत अर्थात १६ लाख ९७ हजार ५०६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । यससँगै अबको केही दिनमा कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
चिलिमे हाइड्रोको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । चिलिमे हाइड्रो पावर कम्पनीको बोनस सेयर नेपाल स्टक एक्स्चेञ(नेप्से) सूचीकृत भएको छ । संस्थाको आज (माघ २१ गते) बुधबार मात्रै १० प्रतिशत अर्थात ५७ लाख ९ हजार ७६२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै अबको केही दिनमा कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
नेरुडे लघुवित्तकाे वार्षिक साधारणसभा फागुन २२ गते, बुक क्लोज कहिले ?
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाकाे वार्षिक साधारणसभा आगामी फागुन २२ गते हुने भएको छ । संस्थाले प्रस्तावित लाभांश पारित गर्न सो दिन आफ्नो १४औं वार्षिक साधारणसभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि १९ लाख २५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी ४५ करोड ७२ लाख रुपैयाँ रहेको छ । सभामा जाने प्रयोजनको लागि फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म संस्थाको बुक क्लोज हुने छ । यससँगै फागुन ६ गतेसम्म कायम सेयरधनीले संस्थाकाे प्रस्तावित लाभांश पाउने छन् ।