३१४० बिन्दुसम्म पुगेको नेप्सेमा रेकर्ड ब्रेक, १० कम्पनीको मूल्यमा सर्किट
काठमाडौं । मंगलबार जस्तै बुधबारको बजारले पनि नयाँ रेकर्ड राख्न सफल भएको छ । बजारमा नेप्से परिसूचक उच्चतम ३१४०.४० बिन्दुसम्म पुगेर ३१२३.१५ बिन्दुमा फर्किएको छ । जुन हालसम्मकै दैनिक क्लोजिङ्को उच्च बिन्दु हो । मंगलबारको तुलनामा भने बुधबारको बजार १२.०५ प्रतिशतले बढेको हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बुधबारको बजारमा १५ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ अर्ब ६ करोड रुपैयाँले बढी हो । मंगलबारको बजारमा ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको थियो । कारोबारमा आएका २२५ कम्पनीमध्ये अपि पावरको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ७९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य भने प्रतिकित्ता ५६४.३० रुपैयाँ रहेको छ । त्यस्तै, नयाँ उचाईमा पुगेको बजारमा १० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये अधिकांश कम्पनी हाइड्रो समूहका रहेका छन् । बुधबारको बजारमा ७ समूह राताम्मे देखिएका छन् भने बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स समूह १२५ अंकले घटेको छ भने हाइड्रोमा उछाल देखिएको छ । हाइड्रो समूह एकैदिन १९४.०७ बिन्दुले बढेको छ ।
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आज (साउन २० गते बुधबार)देखि खुला भएकाे छ । इन्स्योरेन्सले सर्वसाधारणमा कूल ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गरेकाे हाे । इन्स्योरेन्सले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ६० लाख कित्ता प्राथमिक सेयर जारी गरेको हो ।जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएको छ । र, बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक सर्वसाधारणले छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सक्ने छन् । उनीहरुले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको क्यापिटलले जनाएको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ बाँडफाँडपश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै, जारी गनै लागेको आईपीओको लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा कम्पनी मध्यम रूपमा सुरक्षित रहेको जनाउने छ ।
२६ अंकले बढ्यो सेयर बजार, यी हुन् बढी कमाउने १० कम्पनी
काठमाडौं । मंगलबार सेयर बजार २६.०२ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २६.०२ अंकले बढेर ३१११.०९ अंकमा पुगेमा पुगेको हो । मंगलबार नेप्से परिसूचकको यो नयाँ रेकर्ड पनि हो । आज २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर खरिद बिक्रीबाट कुल ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँ कारोबार भएको छ । यो दिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थीर छ । आज पाँचथर पावर कम्पनी लिमिटेड, रुरु जलविद्युत, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो, लिवर्टी इनर्जी, स्वावलम्बन लघुवित्त, ग्रिन लाइफ हाइड्रो, अपी पावर र सीईबीडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी धेरै कमाउने कम्पनीको सूचीमा छन् । आज पाँचथर पावर कम्पनी र रुरु जलविद्युत कम्पनीको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।