नेपाल हाइड्रोको १५ प्रतिशत बोनस सूचीकृत

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोको आज(साउन १२ गते) मात्रै सो मात्रा अर्थात ३ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, लगानीकर्ताले दोश्रो बजारमा किनबेच गर्न पाउने छन् ।

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ साउन २० गतेदेखि भर्न पाइने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा आगामी साउन २० गतेदेखि आवेदन दिन सकिने छ । इन्स्योरेन्सले सो दिनदेखि सर्वसाधारणमा कूल ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । इन्स्योरेन्सले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ६० लाख कित्ता प्राथमिक सेयर जारी गर्न लागेको हो ।जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएको छ । र, बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकान प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक सर्वसाधारणले छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सक्ने छन् । उनीहरु सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको क्यापिटलले जनाएको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ बाँडफाँडपश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ। त्यस्तै, जारी गनै लागेको आईपीओको लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा कम्पनी मध्यम रूपमा सुरक्षित रहेको जनाउने छ ।

आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ७ प्रतिशत अर्थात ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।