खुल्यो सेयर कारोबार
काठमाडौं । आइतबारको सेयर कारोबार पुनः खुलेको छ । नेप्से परिसूचकमा पहिलो सर्किट लागेर ४० मिनेट बन्द भएपछि सेयर कारोबार पुनः खुलेको हो । नियमित कारोबार खुलेको २ घण्टका नबित्दै ५ प्रतिशतले घटेपछि बजारमा नकारात्मक सर्किट ब्रेक लागेको थियो । १२ बजेर ५९ मिनेटको अवधिमा परिसूचक ५.०३ प्रतिशत अर्थात १४७ अंकले ओरालो लागेर सर्किट लागेको हो । यससँगै सेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको थियो ।
यी हुन् २ घण्टामै सर्किट लेवलमा सेयर मूल्य घट्ने ६० कम्पनी
काठमाडौं । आइतबार सेयर बजार उच्च रुपमा घट्दा ६० वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा घटेको छ । आइतबार नेप्से ५ प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेकाे छ । नेप्से ५ प्रतिशतले ले घट्दा १३९ अंककाे गिरावट आएकाे हाे भने २७८७.९९ अंकमा सेयर बजार कामयम भएकाे छ । सेयर बजारमा ६० वटा कम्पनीहरुमध्ये ३२ वटा कम्पनीमा नेगेटिभ सर्किट लागेको छ भने अन्य ३० वटा कम्पनीहरु सर्किट लेभलमै पुगेका छन् । नेपाली सेयर बजारमा इतिहासमै यो उच्च गिरावट भएकाे बताइएकाे छ । यो समाचार तयार पार्दासम्म बजारमा १ करोड ३४ लाख ८४ हजार कित्ता सेयर किनबेचबाट कुल ६ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । यी हुन् सर्किट लेभलमा घट्ने ६० कम्पनी
सेयर बजारमा नेगेटिभ सर्किट, ५ प्रतिशतले घट्यो नेप्से
काठमाडौं । आइतबारकाे सेयर बजारमा नकारात्मक सर्किट लागेको छ । कारोबार खुलेको २ घण्टका नबित्दै ५ प्रतिशतले घटेपछि बजारमा नकारात्मक सर्किट ब्रेक लागेको हो । १२ बजेर ५९ मिनेटको अवधिमा परिसूचक ५.०३ प्रतिशत अर्थात १४७ अंकले ओरालो लागेर सर्किट लागेकाे हाे । यससँगै सेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ । यो अवधिसम्म बजारमा २१५ कम्पनीको सेयर कारोबार भइसकेको छ । उनीहरुको १ करोड ४८ लाख ३१ हजार ७३८ कित्ता सेयर ७ अर्ब १९ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये स बैभन्दा बढी जीवन बीमा समूह ७२५ अंकले ओरालो लागेको छ । त्यस्तै, कारोबारमा आएका कम्पनीमध्ये ५ कम्पनी बाहेक बाँकी ओरालो लागेका छन् ।