प्राइम बैंककाे ऋणपत्र नेप्सेमा सूचिकृत

काठमाडाैं । प्राइम कमर्सियल बैंक निष्काशन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत भएको छ । सोमबार नेप्से र प्राइम कमर्सियल बैंकबीच ८.७५ प्रतिशत व्याजदर भएको प्राइम डिबेन्चर २०८५ ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास माननधरले हस्ताक्षर गरेका छन् । प्रतियूनिट १ हजारको दरल हुन आउने २ अर्ब ४४ करोड ७९ लाख ६३ हजार बराबरको कुल २४ लाख ४७ हजार ९६३ युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । योसँगै अब निकट भविष्यमै प्राइम कमर्सियलको यो ऋणपत्रको कारोबार गर्न सकिनेछ ।    

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हालै निश्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत भएको छ । साेमबार नेप्से र सांग्रिला डेभलपमेन्ट बैंकबीच ९% व्याजदर भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७’ नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको प्रतियूनिट १ हजार मूल्य कायम भएको कुल ७ लाख ५० हजार युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । योसँगै अब निकट भविष्यमै सांग्रिलाको यो ऋणपत्रको कारोबार गर्न सकिनेछ । सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि सो ऋणपत्रका युनिटहरुको बिक्री खुलाएको थियो । बैंकको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको थियो ।

गर्भनरलाई अर्थमन्त्रीले फोन गरेपछि सेयर बजारमा १६२ अंकको वृद्धि

काठमाडौं । सोमबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजारको मूल्य परिसूचिक नेप्से १६२ अंकले वृद्धि भई २९८० अंक भएको छ । दिनभरमा १८५ वटा कम्पनीको सेयर किनबेच भएकोमा सबै कम्पनीको सेयर मूल्य वढेको छ । त्यसमा ४२ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । प्रतिशतका आधारमा ५.७४ प्रतिशतले मूल्य वृद्धि भएको छ । सोमबार मूल्यमा उच्च वृद्धि आए पनि कारोबार भने ९ अर्ब ८२ करोड रुपैयाँ बराबर भएको छ । आइतबार सेयर बजारमा १०८ अंकको गिरावट आएको थियो । आइतबार पाँच प्रतिशतले बजार घटेपछि नेप्सेमा सर्किटब्रेक लागेको थियो । मूल्यमा उच्च गिरावट आएपछि लगानीकर्ता राष्ट्र बैंकसँग आक्रोशित बन्दै विरोधमा उत्रिएका थिए । लगानीकर्ताको एउटा समूहले आईतबार नै गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेको थियो भने सोमबार विरोध प्रर्दशन गर्दै राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको थियो । लगानीकर्ताको साहानुभूति लिन अर्थमन्त्री जनार्दन शर्माले सोमबार विहान गभर्नर अधिकारीसँग टेलिफोन कुराकानी गरेको र सेयर बजारप्रति नकारात्मक असर पार्ने नीतिमा परिमार्जन गर्न निर्देशन दिएको अर्थमन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । मन्त्रालयको विज्ञप्ती सार्वजनिक भएपनि सेयर बजारमा हरियाली छाउन शुरु भएको थियो ।