गुराँस लघुवित्तको लाभांश घोषणा, चुक्ता पुँजी पौने १० करोड पुग्ने

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले १७.८० प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १६.९०६४७४५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८८९८१४४ प्रतिशत नगद गरी कूल १७.८० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज १० गते बसेको कम्पनी सञ्चालक समितिले गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरी संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पछि लघुवित्तको बोनस सेयर ९ करोड ७५ लाख रुपैयाँ पुग्ने छ ।

मानुषी लघुवित्तको सेयर आजबाट किनबेच गर्न पाइने, कतिमा गर्ने पहिलो कारोबार ?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर आज(असोज ११ गते) बाट किनबेच गर्न पाइने छ । आइतबार(असोज १० गते) मात्रै नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर दोश्रो बजारमा सोमबारबाट कारोबार गर्न पाइने भएको हो । संस्थाको कूल १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले संस्थाको पहिलो सेयर कारोबारको लागि न्यूनतम १३२.६९ देखि अधिकतम ३९८.०७ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । यससँगै लगानीकर्ताले कम्पनीको पहिलो सेयर कारोबार उक्त रेञ्ज भित्र रहेर गर्न पाउने छन् । नेप्सेले संस्थाको स्टक सिम्बोल ‘एमएलबीएस’ तोकेको छ । कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ करोड ९३ लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो । जसको बाँडफाँड गत भदौ ७ गते भएको थियो ।

लाभांश पारित गर्न सानिमा माई हाइड्रोले बोलायो साधारणसभा

काठमाडौं । सानिमा माई हाइड्रोपावरले आगामी कार्त्तिक ११ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको सुकेधारास्थित सेलिब्रेसन हाईटमा आफ्नो १० औं वार्षिक साधारणसभा बोलाएको हो । कोभिड १९ संक्रमणको जोखिम अझै पनि कायमै रहेकाले उक्त सभा जुम मार्फत पनि सञ्चालन हुने कम्पनीले जानकारी गराएको छ । सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर पारितपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ । साथै, सभाले सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । उक्त सभामा जाने प्रयोजनको लागि सभाले असोज १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै असोज १७ गतेसम्म कायम सेयरधनी साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।