सानिमा माई हाइड्रोपावरको शतप्रतिशत हकप्रद निष्कासन, १ करोड कित्ता सेयरको विक्री खुला साउन २७ देखि

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले शत्प्रतिशत हकप्रद सेयरको निष्कासन गरेको छ । यो हाइड्रोले १ करोड ५ लाख ५० हजार कित्ता सेयरको हकप्रद निष्कासन गरेको हो । यसले एक सेयर हुनेलाई नयाँ अर्को एक सेयर नै दिने गरी हकप्रद निष्कासन गरेको छ । यो हाइड्रोले एक सय रुपैयाँ अंकि यो सेयर आगामी साउन २७ गते शुक्रबारबाट भदौ २९ गतेसम्म विक्री खुला गरेको छ । यो कम्पनीले सेयरकोसनराइज क्यापिटल लिमिटेड, सानिमा बैंक लिमिटेडका तोकिएका शाखाबाट आवेदन दिन सकिने उल्लेख छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड हो । यसको सेयर हाल बजारमा ११ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

जनरल फाइनान्सलाई १२५ प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जनरल फाइनान्सलाई १२५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले फाइनान्सलाई साउन ६ गते सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १६ करोड ५२ लाख रुपैयाँ बराबरको १६ लाख ५२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

तीन कम्पनीको चार करोड ७८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, क-कसको भयो?

काठमाडौं । आइतबार विभिन्न तीन वाणिज्य तथा विकास बैंकको चार करोड ७८ लाख ६४ हजार ८४३ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्सेमा) सूचिकृत भएको छ । नेप्सेमा तीन कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा एक कम्पनीको बोनस र बाँकी दुई कम्पनीको हकप्रद सेयर थपिएको छ । नेरुडे लघुवित्त विकास बैंकको ३ लाख ६० हजार बोनस सेयर थपिएको छ । त्यस्तै, नेपाल बङ्गलादेश बैंकको ३ करोड २० लाख ७३ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । साथै, नेपाल बैंकको पनि १ करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।