नेपाल कम्यूनिटीको १२० प्रतिशत हकप्रद सेयर खुला, कहाँ कहाँबाट आवेदन दिने ?

काठमाडौं । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको १२० प्रतिशत हकप्रद सेयरको बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणको लागि एक सय अंकित दरको २६ लाख ४३ हजार ५३८ कित्ता हकप्रद सेयरको बिक्री बिहीबार(आज)बाट खुला गरेको हो । सो मात्राको सेयरको लागि इच्छुक लगानीकर्ताले आगामी कात्तिक २९ गतेसम्म आवेदन दिन पाँउने कम्पनीले जनाएको छ । हाल कम्पनीको बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले निम्न ठाँउबाट आवेदन दिन सक्नेछन् ।

चिलिमे हाइड्रोपावरको असोज २७ गतेदेखि बुक क्लोज, कात्तिक २४ गते साधारणसभामा जाँदै

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको आगामी असोज २७ गतेदेखि कात्तिक २४ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । कम्पनीले आफ्नो वार्षिक साधारणसभा प्रयोजनको लागि शुक्रबार देखि २९ दिन बुक क्लोज गर्न लागेको हो । यस कम्पनी आगामी कात्तिक २४ गते कम्पनीको २१औं वार्षिक साधारणसभामा जाँदै छ । सभामा कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लभांश दिने  सञ्चालक समितिको निर्णयलाई पारित गर्ने भएको छ ।

रिलायन्स फाइनान्सले ४५ प्रतिशत हकप्रद निष्काशन गर्ने, चुक्ता पुँजी ७४ करोड नाघ्ने

काठमाडौं । रिलायन्स फाइनान्सले पुँजी वृद्धि गर्नको लागि ४५ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बुधबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १० बराबर ४ः५ को अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार फाइनान्सले १०० अंकित दरको २३ लाख ६ हजार ५७१ कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २३ करोड ६ लाख रुपैयाँ बराबरको सेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडद्धारा निष्काशन गर्न लागेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५१ करोड २५ लाख रुपैयाँ रहेको छ । ४५ प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ७४ करोड ३२ लाख रुपैयाँ पुग्ने छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ रहेको छ ।