लघुवित्त र विकास बैंक छुट्टिए, नेप्सेमा आजदेखि लघुवित्त समूहको छुट्टै परिसूचक
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा लघुवित्त समुह र विकास बैंक समूह छुट्टिएका छन् । नेप्सेले आज(कात्तिक १५ गते)देखि लघुवित्त समूहको छुट्टै परिसूचक निर्माण गरि अलग्गै कारोबार गराउने भएको छ । यसअघि विकास बैंक र लघुवित्त गरि कुल ७१ कम्पनीलाई एकै समूहमा राखिएको थियो । सो मध्ये नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त कारोबार गर्ने इजाजत प्राप्त गरेका ३३ वित्तीय संस्थाहरुलाई अलग गरेको नेप्सेले जनाएको छ । अर्थात विकास बैंक समूहमा ३८ कम्पनी र लघुवित्त समूहमा ३३ कम्पनीको कारोबार हुने भएको छ । साथै, आजदेखि नयाँ परिसूचक लघुवित्त समूहलाई नेप्सेको वेभसाइटमार्फत रियल टाइममा प्रसारण हुने व्यवस्था मिलाइएको नेप्सेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस मार्फत लगानीकर्ताले बजारको बारेमा थप सूचना प्राप्त गर्ने नेप्सेको विश्वास रहेको छ ।
देव विकास बैंक र एनएमबी माइक्रोफाइनान्सको किन हुँदैछ बुक क्लोज ?
काठमाडौं । देव विकास बैंकको यही कात्तिक २३ गतेदेखि कात्तिक २९ गतेसम्म बुक क्लोज हुने भएको छ । बैंकले सेयरधनीलाई १८ प्रतिशत लाभांश वितरण गर्ने प्रयोजनको लागि उक्त ७ दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । बैंकले गते आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १७.१ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्न लागेको हो । त्यस्तै, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको पनि यही कात्तिक २४ गतेदेखि आगामी मंसिर १५ गतेसम्म बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको उक्त दिन बुक क्लोज हुन लागेको हो । यस कम्पनीे मंसिर १५ गते वार्षिक साधारणसभामा जाँदै छ ।
तीन कम्पनीको ४३ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, हेरौँ क-कसको भयो?
काठमाडौं । मंगलबार मात्रै तीन कम्पनीको ४३ लाख ८ हजार ३१३ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सो दिन गुँरास लाइफ इन्स्योरेन्स कम्पनी, गार्खाज फाइनान्स र नेपाल ग्रामिण विकास बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको ४ लाख ४० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, गार्खाज फाइनान्सको २८ लाख ९३ हजार कित्ता हकप्रद सेयर र नेपाल ग्रामिण बैंकको ९ लाख ७५ हजार कित्ता साधारण सेयर सूचिकृत भएको छ ।