लुम्बिनी जनरल इन्स्योरेन्सले १० करोड बोनस दिने, पुँजी ८८ करोड नाघ्ने
काठमाडौं । लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीले आफ्ना सेयरधनीलाई १० करोड रुपैयाँ बराबर(अर्थात १२.८२ प्रतिशत)को बोनस सेयर वितरण गर्ने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ०.६७ प्रतिशत (अर्थात ५२ लाख ६३ करोड १५८ रुपैयाँ बराबरको) नगद लभांश दिने निर्णय गरेको छ । उक्त निर्णय मंसिर १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णय बीमा समितिबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीले चुक्ता गत बर्षको मुनाफा र चालु आवमा हकप्रद सेयर बाँडफाँड पश्चात कायम भएको पुँजीमा सो मात्राको लाभांश वितरण गर्न लागेको हो । बाँडफाँड भएको हकप्रद सेयर(३९ करोड रुपैयाँ) पश्चात कम्पनीको पुँजी ७८ करोड रुपैयाँ पुगेको छ । उक्त पुँजीमा १२.८२ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ८८ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।
१२ कम्पनीका २९ करोड १८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, कसको कति ?
काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न १२ कम्पनी(ऋणपत्र सहित)का २९ करोड १८ लाख २० हजार ५५० कित्ता सेयर सूचिकृत भएका छन् । सो अवधिमा साधारण, हकप्रद र बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएका हुन् । कुल सूचिकृत सेयर मध्ये २८ करोड १४ लाख कित्ता साधारण सेयर, १३ लाख ६४ हजार २०४ कित्ता बोनस सेयर र ९० लाख ५६ हजार ३४६ कित्ता हकप्रद सेयर रहेका छन् । साताभर विभिन्न ६ वटा विकास ऋणपत्रको साधारण सेयर, ४ बैंक तथा फाइनान्सको हकप्रद र २ बीमा कम्पनीको बोनस सेयर थपिएका छन् । यस साता सेयर सूचिकृत भएका १२ कम्पनी:
नेप्से परिसूचक १२ अंकले उकालो, दुई अर्ब ९२ करोडको सेयर कारोबार
काठमाडौं । साताको नेप्से परिसूचक करिब १२ अंकले उकालो लागेको छ । यस साता नेप्से पहिलो दिनको तुलनामा ११.९२ अंकले उकालो लागेर १४८९.०६ अंकमा पुगेको छ । गत सातको तुलनामा बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यस साता नेपाल स्टक एक्स्चेञ्जमा दुई अर्ब ९२ करोड रुपैयाँ बराबरका सेयर कारोबार भएका छन् । जुन रकम गत साताको भन्दा १५.६ प्रतिशत बढी हो । यस साता बजारमा १८० कम्पनीका २७ हजार ६ सय कित्ता सेयरहरु बिक्री भएका छन् । यसैगरी, समूहगत परिसूचकहरुमा उतारचढाव रहेको छ । ९ समूहको कारोबार भएको यस साता ४ समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ५ वटा समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी उत्पादनमूलकको परिसूचक ७०.७१ अंकले उकालो लागेको छ । त्यस्तै, जलविद्युत ६०, अन्य समूह २६ र वाणिज्य बैंक समूहको परिसूचक ८ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४५ अंकले घटेको छ । सातामा चिलिमे हाइड्रोपावर कम्पनीको सबैभन्दा बढीको सेयर कारोबार भएको छ । सो अवधिमा यस कम्पनीको १६ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी, प्रभु बैंकको ६ लाख ९८ हजार कित्ता प्रमोटर सेयर बिक्री भएका छन् । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.५८ अंकले बढेर ३१३.१२ अंकमा आईपुगेको छ । नियमित पाँच दिन कारोबार खुला रहेको बजारमा ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।