एभरेष्ट बैंकको पुस १३ गतेदेखि बुक क्लोज

काठमाडौं । एभरेष्ट बैंकको आगामी पुस १३ गतेदेखि पुस २० गतेसम्म बुक क्लोज हुन लागेको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त ८ दिनको लागि कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । उक्त सभाले बैंकको गत आवको मुनाफाबाट सेयरधनीलाई ३३ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.७४ प्रतिशत नगद गरि ३४ प्रतिशत लाभांश दिने कम्पनीको सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ ।

मंगलबारमात्रै एक करोड ५१ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, क-कसको भयो?

काठमाडौं । मंगलबारमात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एक करोड ५१ लाख कित्ता सेयर सूचिकृत भएका छन् । सो दिन विभिन्न चार बैंक तथा वित्तीय संस्थाको बोनस र हकप्रद गरी सो मात्राको सेयर सूचिकृत भएको हो । बजारमा नेको इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ भने अन्य बाँकी तीन कम्पनीको हकप्रद सेयर सूचिकृत भएका छन् । नेको इन्स्योरेन्सको कुल ७ लाख १२ हजार ८९५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा सबैभन्दा बढी हकप्रद सेयर सूचिकृत भएको छ । एकैदिन मुक्तिनाथ विकास बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको गरी कुल एक करोड ४३ लाख ९४ हजार ११२ कित्ता हकप्रद सेयर थपिएका छन् । मुक्तिनाथको ६१ लाख ७० हजार ८६५ कित्ता, अल्पाइनको १८ लाख ३ हजार २४७ कित्ता र हिमालयन जनरलको ६४ लाख २० हजार कित्ता हकप्रद सेयर नेप्सेमा थपिएका हुन् ।

सेन्ट्रल फाइनान्सको पुस ४ गते बुक क्लोज, ५० प्रतिशत हकप्रद जारी गर्दै

काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीको आगामी पुस ४ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि सो दिन फाइनान्सकाे बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । यस फाइनान्सले २ बराबर १ को अनुपात (अर्थात ५० प्रतिशत) हकप्रद सेयर निष्कासन गर्दै छ । कुपन्डोलमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ५२ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी ७८ करोड रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८४ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।