सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक-इन सकिँदै

काठमाडौं । सालपा विकास बैंकको सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको सेयरको लक-इन अवधि समाप्त हुने भएको छ ।

बैंकका अनुसार नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा बाँडफाँड भएको मितिले ६ महिनासम्म लक-इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार ८६ हजार १९४ कित्ता सेयरको लक-इन अवधि असार २४ गतेपछि समाप्त हुने भएको हो ।

लक-इन अवधि समाप्त भएपछि उक्त सेयर कारोबारका लागि खुला हुने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Share News