एभरेष्ट इन्स्योरेन्सले १० प्रतिशत बोनस र ६ लाख रुपैयाँ नगद लाभांश दिने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ६ लाख ३९ हजार ४७४ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय मंसिर २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनी सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ ।

नेप्सेको कारोबार समय थप, साझ ५ बजेसम्म खुल्ने

काठमाडौं । बिहीबारको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को कारोबार समय दुई घण्टा थप गरिएको छ । बिहीबार २ घण्टा ढिलो बजार खुलेकाले अब साँझ ५ बजेसम्म कारोबार सुचारु हुने छ । बजार दिउँसो १ बजेदेखि मात्र खुलेको हो । बुधबार राति नेप्सेमा आगलागीका कारण प्रविधिक समस्या आएपछि आजको सेयर कारोबार ढिलो खुलेको हो । नेप्सेमा बुधबार राती भएको आगलागीले केही ठाउँमा क्षति पुगेका कारण सम्पूर्ण सर्भर नै डाउन गरेर राखिएको थियो ।

सहयोगी विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता २४४ रुपैयाँ

काठमाडौं । सहयोगी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । यस कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य २९८ रुपैयाँ रहेको थियो ।