सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ६३ हजार कित्ता सेयर सूचिकृत

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ६३ हजार कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई एक्वाएर पश्चात यस बैंकको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । बिहीबार मात्रै यस बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ६७ लाख रुपैयाँ रहेको छ ।

कनकाई विकास बैंकको माघ २ गते बुक क्लोज

काठमाडौं । कनकाई विकास बैंकको आगामी माघ २ गते बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जानको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी माघ १६ गते वार्षिक साधारणसभामा जाँदै छ ।

एसबिआई बैंकको १५.४२ प्रतिशत बोनस पारित, संचालकमा बालकृष्ण श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल एसबिआई बैंकको १५.४२ प्रतिशत बोनस र ०.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई बुधबार सम्पन्न कम्पनीको २४औँ वार्षिक साधारणसभाले पारित गरेको हो । सभाले बैंकको आ.व. २०७३/७४ को संचालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित गरेको छ । बैंकले आ.व. २०७३/७४ मा २ अर्ब ३३ करोड रुपैयाँ संचालन मुनाफा र १ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । उक्त साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा बालकृष्ण श्रेष्ठलाई निर्विरोध चयन गरेको छ ।