मञ्जुश्री र श्री इन्भेष्टमेन्ट फाइनान्सले तोके बुक क्लोजको मिति, कहिले कहिले हुँदै छ?

काठमाडौं । मञ्जुश्री फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आ आफ्नो कम्पनीको बुक क्लोजको मिति तोकेका छन् । यी दुबै कम्पनीले सोमबार(आज) नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचना जारी गर्दै साधारणसभामा जाने प्रयोजनकाे लागि बुक क्लोजको मिति तय भएको जानकारी दिएका हुन् । मञ्जुश्री फाइनान्सकाे असार ४ गते बुक क्लोज हुँदै छ । कम्पनीको आगामी १०औँ वार्षिक साधारणसभा असार २० गते बस्दै छ । सभामा कम्पनीले हालको पुँजीको ५.७१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्दै छ । साथै, फाइनान्सले कर प्रयोजनको लागि पुँजीको ०.३२ प्रतिशत(अर्थात २२ लाख ८७ हजार रुपैयाँ) नगद लाभांश पारित गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ७६ करोड ५ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात संस्थाको पुँजी ८० करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । त्यस्तै, श्री इन्भेष्टमेन्ट पनि आगामी असार २२ गते कम्पनीको २३औँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि असार ४ गते कम्पनीको बुक क्लोज हुने भएको छ । साभाले संस्थाको हालको पुँजीको २३.५७ प्रतिशत(लगभग) बोनस सेयर वितरण गर्ने सञ्चालक समितिकाे प्रस्तावलाई पारित गर्ने कम्पनीले जनाएको छ ।

बजार २५ अंकले घट्दा उन्नति माइक्रो फाइनान्सका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । साताको पहिलो दिनको सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार शुरु भएदेखि नै ओरालो लागेको सो दिनको बजार अन्ततः २५.४३ अंकले झरेर १२३१ अंकमा अडेको छ । नेप्से परिसूचक भारी अंकले घटेको बजारमा पनि सबैभन्दा बढी उन्नत्ति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । अघिल्लो कारोबारको तुलनामा उक्त कम्पनीका सेयरधनीले दिनभरमा ९.९४ प्रतिशत अर्थात १३८ रुपैयाँ बढी कमाएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५२६ रुपैयाँ रहेको छ । त्यस्तै, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.९० प्रतिशतले बढेको छ । दिनभर खुलेको बजारमा १६२ कम्पनीको ४४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सबैभन्दा बढी मेघा बैंकको ४ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आइतबार कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह २१७ अंकले घटेको छ । त्यस्तै, अन्य र फाइनान्स समूह एकल अंकले घटेका छन् भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेको छन् ।

बोनस पश्चात पोखरा फाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको ८.२६ प्रतिशत बोनस पश्चात कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आइतबार कम्पनीको सो मात्राको बोनस पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८९.८९ रुपैयाँ रहेको थियो । आइतबार १ः३० सम्म कम्पनीको सेयर प्रतिकित्ता १३२ देखि १३६ रुपैयाँको हाराहारीमा किनबेच भएको छ ।