कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको जिम्मेवारी भीष्मराज आङ्देम्बेले पाएका छन्। सिंहदरबारमा सोमबार आज बसेको संसदीय दलको बैठकले उनलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो । पूर्वसहमहामन्त्रीसमेत रहेका आङ्देम्बे समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् ।

त्रिवि क्रिकेट मैदानबारे भ्रम नछरौं, लिज सम्झौता फेरि सुरु हुन्छ : प्रवक्ता पोखरेल

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान नहट्ने बताएका छन् ।  मन्त्रिपरिषद्को बैठकपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान खाली गर्ने सरकारको कुनै उद्देश्य नभएको उनको भनाइ छ । उनले भने, ‘त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान खाली गराउने कुनै उद्देश्य छैन ।’ उनले लिज सम्झौता सकिएको हुनाले त्यसलाई फेरि नयाँ ढंगले सुरु गर्न सकारात्मक कुराकानी भएको पनि जानकारी दिए । सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन् ।  सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई १३ औं आईजीपीमा नियुक्त गरेको हो । पौडेलले वैशाख १९ गतेदेखि कार्यभार सम्हाल्नेछन् । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अनिवार्य अवकाशमा जाँदैछन् ।