काठमाडौं । सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन् ।
सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई १३ औं आईजीपीमा नियुक्त गरेको हो ।
पौडेलले वैशाख १९ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।
सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अनिवार्य अवकाशमा जाँदैछन् ।