काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको जिम्मेवारी भीष्मराज आङ्देम्बेले पाएका छन्।
सिंहदरबारमा सोमबार आज बसेको संसदीय दलको बैठकले उनलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।
पूर्वसहमहामन्त्रीसमेत रहेका आङ्देम्बे समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् ।