प्रभु को–अपरेटिभकाे सातौ साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश प्रस्ताव पास

काठमाडौं, ३ कात्तिक । प्रभु समुहद्वारा प्रबद्र्धित प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडले आफ्ना सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बुधबार काठमाडौंमा सम्पन्न सर्भिस लिमिटेडको सातौं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । सर्भिस लिमिटेडले सेयरसदस्यहरुको हौसला बृद्धि गर्ने उद्देश्यले एस.एल.सी.माउत्कृष्ट अंकल्याउने छात्राहरुलाई पनि पुरस्कृत गरेको छ । छात्रातर्फ शेयर सदस्य दिलिप तुलाचनकी छोरी नोरीका तुलाचन र गगां चालिसेकी छोरी जिज्ञाशा पौडेललाई पुरस्कृत गरेको छ । साधारण सभा प्रभु समुहका अध्यक्ष देबीप्रकाश भट्टचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष विनोद थकालीको सभापतित्वमा सम्पन्न उक्त साधारण सभालाई सम्बोधन गर्दै सेयर सदस्यको भरोसा र साखलाई अक्षुण राख्न कुनै पनि कसरत बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । आगामी दिनमा सदस्य केन्द्रीत नयाँनयाँ योजना ल्याउने थकालीले बताए ।

एनसेलले पायो फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६ अवार्ड

काठमाडौं, ३० असोज । नेपालको पहिलो निजी क्षेत्रको मोबाईल सेवा प्रदायक कम्पनी एनसेल प्राईभेट लिमिटेड लगातार दोस्रो वर्ष फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवाप्रदायक २०१६ अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कार एनसेललाई अन्र्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले प्रदान गरेको हो । यो पुरस्कार फ्रोस्ट एण्ड सलिभनले प्रदान गर्ने एशिया प्रशान्त सर्वश्रेष्ठ अभ्यास पुरस्कार उप–समुह अन्र्तगत पर्दछ । यसले एशिया प्रशान्तको अटोमोटिभ, उर्जा, भवन निर्माण तथा पर्यावरण, स्वास्थ्य सेवा र सूचना तथा संचार प्रविधिलगायतका क्षेत्रहरुमा हजारौ कम्पनीहरु मध्ये सबैभन्दा राम्रो अभ्यास गर्दै आएको कम्पनीलाई यो सम्मान प्रदान गर्ने गरेको छ । ग्राहक संख्या, मोबाईल सेवाको आम्दानी, प्रतिग्राहक मिश्रित औषत आय, प्रतिग्राहक आयको वृद्घि, सेवा अथवा व्यवसायमा नविनता लगायतका बजारमा कम्पनीहरुको वास्तविक विविध सूचकहरुको आधारमा पुरस्कार पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको आयोजकले जनाएको छ । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स् भनेका छन्–‘ग्राहकमा ध्यान केन्द्रित गर्दै उनीहरुको विभिन्न संचार सेवाको आवश्यकताहरुलाई परिपुर्ति गर्ने हाम्रो प्रयासले फेरी एक पटक अन्र्तराष्ट्रिय रुपमा सम्मान पाएको छ ।’ लगातार दोस्रो वर्षको यो सम्मानबाट प्रात्साहित एनसेल, आफ्नो नेटवर्कमा महत्वपूर्ण सुधार ल्याउन र अझ थप नविन सेवाहरु देशैभर पुर्याउन प्रतिवद्ध रहेको उनको भनाई छ । ‘हामी नेपालीजनतालाई निरन्तर रुपमा उत्कृष्ट र दिगो सेवाप्रदान गर्न कतिवद्घ छौ’ प्रबन्ध निर्देशक पर्किन्सको भनाई उदृत गर्दै कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

माेबाइलबाट राम्रो फोटो निकाल्ने फर्मुला

काठमाडौं। दशैंमा राम्रो फोटो निकाल्न कसलाई रहर हुँदैन र ! जति राम्रो फोटो आयो त्यति नै सामाजिक सञ्जालमा सेयर गर्न र फ्रेममा सजाएर राख्न मन लाग्छ। १ एङ्गलिक तपाईले फोटो खिच्दा जहिलेपनि के विचार पुर्याउनुपर्छ भने जति राम्रो एङ्गल मिलाउनुभयो त्यति राम्रो फोटो आउँछ। जस्तै तपाईले फोटो खिच्दा हाफ खिच्ने हो कि फुल खिच्ने हो त्यसको निर्क्यैल गर्नुहोस। त्यसपछि फोटोमा के कुरा निकाल्ने र व्याकग्राउण्डमा के निकाल्ने भनेर मनमनै छानिसक्नुपर्छ। २ लाईटिङ फोटो लिदा विचार गर्नुपर्ने अर्को कुरा हो लाईटिङ। लाईटिङ मिलेन भने न तपाईको फोटो कि धैरै लाईट भएर ओभर लाइटिङ वा कम भएर स्याडो हुन्छ। त्यस काणले जहिलेपनि फोटो लिदा लाईटको एकदम ध्यान निनुहोला। ३ अव्जेक्ट फोकस क्यामेरा, एङ्गलिङ र फोकस सँगै फोटो लिदा सँधै वस्तुको ख्याल गर्नुपर्छ। तपाईले के बस्तुलाई टार्गेट गर्नुभएको हो सोहि अनुसार फोँकस मिलाउनुपर्छ। ४ व्याकग्राउण्ड अव्जेक्ट सवै कुरा मिल्यो तर पछाडि रहेको बस्तु नराम्रो आयो भने पनि फोटो नराम्रो आउँछ। त्यहि भएका कारण प्रत्यक सट तपाईका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। सामान्यतया यत्ति भयो भने तपाईको फोटो धेरै हदसम्म राम्रो आउँछ।