हुन्डाइको नयाँ थ्री एस् सेन्टर विर्तामोडमा
विर्तामोड, २७ साउन । नेपालका लागि हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले हुन्डाइको नयाँ थ्री एस् सेन्टर विर्तामोडमा स्थापना गरेको छ । कम्पनीले आफ्नो डिलर, न्यु अटो प्लाजा कन्सर्न प्रा.लि. संगको सहकार्यमा विर्तामोडमा सो सेन्टर सञ्चालन गर्न लागेको हो । उक्त थ्री एस् सेन्टर मार्फत ग्राहकले सुविधा सम्पन्न बिक्री कक्ष, अत्याधुनिक मर्मत सेवा तथा हुन्डे जेनुयिन स्पेर पार्टस् खरिद सेवा एकै छाना मुनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस नव निर्मित थ्री एस् सेन्टर श्रीमती चन्द्रमाया थापा, न्यु अटो प्लाजा कन्सर्न प्रा. लि. र श्रीमान् निराकार श्रेष्ठ (कार्यकारी निर्देशक) लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि बाट संयुक्त रूपमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको यस सोरुममा एकैचोटि ५–६ वटा हुन्डाइ ब्रान्डका विभिन्न मोडेलका गाडी अटाउन सक्छन् । ग्राहकको सुविधाका लागि लाउन्ज, परामर्श कोठा तथा तालिम प्राप्त बिक्री परामर्शदाताहरूको व्यवस्था गरिएको छ । आफ्ना ग्राहकलाई बिक्रीपछि गुणस्तरीय मर्मतसम्भार सेवा उपलब्ध गराउने हेतुले निर्मीत अत्याधुनिक सर्भिस सेन्टरमा तालिमप्राप्त दक्ष जनशक्तिकोे व्यवस्था गरिएको छ । कम्पनीका अनुसार एयरकन्डिसन तथा वाईफाई युक्त ग्राहक आराम कक्ष, पर्याप्त पार्किङको व्यवस्था तथा मासिक ४५० गाडि मर्मत तथा सर्भिस गर्ने क्षमता युक्त यो सर्भिस सेन्टर आफैमा विश्वस्तरीय छ । यसको साथै यहाँ हुन्डे जेनुयिन स्पेर पार्टस्को पर्याप्त मौज्दातको साथै बिक्री सेवाको पनि व्यवस्था छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि. ले सन् २००९ फेबु्रअरी देखि नेपालमा हुन्डाइ ब्रान्डका सवारी साधन आयात र बिक्री गर्दै आएको हो । कम्पनीको मुख्य उद्देश्य हुन्डाइ गाडी बिक्री मात्र नभई, आफ्ना ग्राहकलाई बिक्रीपछि गुणस्तरीय मर्मतसम्भार सेवा तथा हुन्डे जेनुयिन स्पेर पार्टस् उपलब्ध गराउनु पनि हो । यही उद्देश्य पूर्तिका लागि कम्पनीले नेपालको विभिन्न शहरहरुमा हुन्डे सोरुम, सर्भिस सेन्टर तथा स्पेर पार्टस् बिक्री कक्ष स्थापना गर्दै आएको छ । विर्तामोडमा निर्माण गरिएको यस नयाँ थ्री एस् सेन्टरले ग्राहकलाई उच्चस्तरीय सेवा दिने र ग्राहकको पहुँचका निम्ति सञ्जाल विस्तार गर्ने कम्पनीको प्रयासमा नयाँ आयाम थप्नेछ । कम्पनीले निकट भविष्यमै काठमाडौं तथा नेपालका अन्य शहरहरुमा थप सोरुम तथा सेवा विस्तार गर्ने लक्ष लिएको छ । विर्तामोडको नयाँ थ्री एस् सेन्टरले अन्तर्राष्ट्रिय स्तरको ग्राहक सेवा दिनुका साथै गाडी खरिदको नौलो अनुभूति प्रदान गर्नेछ ।
ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई कम्प्युटर सहयोग
काठमाडौं, २७ साउन । ग्लोबल आइएमई बैंकले कालिकोट स्थित सामाजिक युवा कार्य नेपालसंगको सहकार्यमा कालीकोटका विभिन्न सरकारी विद्यालयहरुमा १२ थान कम्प्युटर सहयोग गरेको छ । बैंकले विकट कालीकोट जिल्लाका विभिन्न सरकारी विद्यालयहरुमा विद्यार्थीहरुलाई कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यले उक्त कम्प्युटरहरु सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उक्त कम्प्युटरहरु सामाजिक युवा कार्य नेपाललाई हस्तान्तरण गरेका छन् । बैंकले विशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर स्थापना काल देखि नै अन्य क्षेत्रहरुमा पनि सहयोग गर्दै आएको छ । विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी पहिरो, भुँईचालो लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको बैंकले जनाएको छ । हाल सम्म बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १०२ एटिएम, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
टाटा मोटर्सको चौथौँ कार मेला आजबाट शुरु
काठमाडौं, २७ साउन । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स् कार मेला सिजन ४ (अर्थात चौथौँ कार मेला ) आजबाट काठमाडौंको नक्साल बैङ्केटमा शुरु भएको छ । यस कार मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छ । वार्षिक रुपले आयोजना गरिने हुनाले ग्राहकहरु यस सिजनको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन् । कार्यक्रम उद्घाटनको क्रममा टाटा मोटर्सका कन्ट्री म्यानेजर, हेमन्त पुरानिकले उक्त कार मेला टाटाको विभिन्न मोडलका अत्याधुनिक कारहरु अवलोकन, छनोट र टेस्ट ड्राइभको लागि ग्राहकहरुलाई एक उचित अवसर भएको बताए । साथै कम्पनीले उनीहरुको पुराना गाडीहरुको उच्च मूल्याङ्कन र खरिद गर्ने, नयाँ कारहरुका लागि अन द स्पट फाइनान्स र बीमा सुविधा समेत प्रदान गर्ने कुरा उनले जानकारी गराए । यी सम्पूर्ण कार्यक्रमहरु एउटै छानामुनि पूर्ण पारिवारिक र उमङ्गमय माहोलमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम र मिष्ठान्न परिकारहरुका साथ संचालन हुने कुरा समेत उनले जानकारी गराए । कार्यक्रममा गाडीको ६.५ प्रतिशत आकर्षक ब्याजदर र ४ लाख सम्मको फाइदा प्रदान गरिने कुरा कम्पनीले जानकारी गराएको छ । साथै उत्कृष्ट भ्यालुएशनलाई १ सेट मिसलिन टायर, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, बुकिङ्ग गर्नेहरुमध्ये १ जनाको लागि ईन्भर्टर र लक्की बुकिङ्गमा १ जोडीलाई फ्रि थाइल्याण्ड ट्रिप समेत प्रदान गरिनेछ । शनिबार र आइतबार चर्चित कलाकारहरु इन्दिरा जोशी र जितु नेपालले समेत मनोरञ्जन गराउने उक्त मेलाका अन्य आकर्षणहरुमा बी–बोईङ्ग, नेल पेन्टिङ्ग, गेम स्टल एवं खेल प्रतियोगिताहरु, साँगितिक कार्यक्रम, फेसबुक फोटो कन्टेस्ट र आकर्षक उपहारहरुले दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरिनेछ । विशेष गरि टाटाका कार प्रयोकर्ताहरुका लागि लक्षित गरिएको उक्त मेलामा सम्पूर्ण दर्शहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । २०७३ श्रावण २७ देखि ३० गतेसम्म संचालन हुने उक्त ४ दिने भव्य मेलामा ३००० भन्दा बढी दर्शकहरुको उत्साहजनक सहभागिता रहने कुरामा कम्पनी आशावादी रहेको छ ।