प्रभु बैंकको नयाँ शाखा सिन्धुलीमा

काठमाडौं, ८ भदौ । प्रभु बैंकले बुधबारदेखि नयाँ शाखा सिन्धुलीमा सञ्चालन गरेको छ । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये बनेपा शाखा कार्यालयलाई सिन्धुलीमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सिन्धुली उधोग वाणिज्य संघका अध्यक्ष विनेश कुमार श्रेष्ठले एक समारोहकाबीच गरेका हुन् ।

प्रभु बैंक र केइसी कलेजबीच सम्झौता, बैंकले प्रमाणपत्रको धितोमा तीन लाख ऋण दिने

काठमाडौं, ७ भदौ । प्रभु बैंकले काठमाडौं इन्जिनियरिङ्ग कलेज (केइसी)मा स्नातक अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजका प्रबन्ध निर्देशक राजेन्द्र शाक्यले कर्जा दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता बमोजिम काठमाडौं ईञ्जिनियरिङ्ग कलेजमा इञ्जिनियरिङ्ग संकाय अन्तर्गत स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले बैंकबाट अधिकतम् तीन लाख रुपैयाँसम्मको शैक्षिक कर्जा उपयोग गर्न पाउने बैंकले जनाएको छ । बैंकका अनुसार यो स्कीम अन्तर्गत कर्जा लिन विद्यार्थीले आफ्ना एसएलसी देखिका सबै सक्कल शैक्षिक प्रमाण पत्र बैंकमा बुझाउनु पर्नेछ । शैक्षिक प्रमाण पत्रको आधारमा उपलब्ध गराईने शैक्षिक कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिका अनुसार चार वर्ष भित्र भुक्तानी गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उच्च शिक्षा हासिल गर्नको लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ्ग सेवा आफ्ना सबै शाखा कार्यालयहरुबाट प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको प्रभु बैंकले स्वदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई पनि शैक्षिक कर्जा स्किम सञ्चालनमा ल्याएको हो ।

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा दाङमा

काठमाडौं, ५ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दाङ्ग जिल्लामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ सो स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको हो । दाङ्ग जिल्लामा आयोजित एक कार्यक्रममा पुर्याउने सो शाखा सम्बन्धित शाखा प्रमुख, पवनकाजी खत्रीले सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् । सो जिल्लाको गडवा गा.वि.समा सेवा संचालनका लागि स्थानीय व्यवसायी प्रदिप शर्मालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ । बैंकका अनुसार शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराई राखेको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा उल्लेखिय विश्वास र बैंकिङ्ग सभ्यता बनेको बैंकले जनाएको छ ।