अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जित्ने चिनियाँ बाँदरको भविष्यवाणी

चीन, २१ कात्तिक । चीनको भविष्यवक्ताको राजा भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने भनेर सङ्केत गरेको यहाँको एउटा पर्यटकीय पार्क प्रशासनद्वारा जनाइएको छ । गेडा नामक उक्त बाँदरलाई यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको थियो र यस प्रसङ्गमा यसले दिएको भविष्यवाणी नै सही ठहरिएको थियो । गेडाको अर्थ स्थानीय भाषामा मनोरञ्जन भएको बताइए पनि उक्त अलौकिक जनावरले सन् २०१० को विश्व कप फुटबलका धेरै प्रतिस्पर्धामा को विजयी हुन्छन् भनेर सोधिएको प्रश्नमा सही विजेता छान्न सफल भएको थियो । पहेँलो सर्टमा सिङ्गारिएको उक्त भविष्यवक्ता बानरराजलाई दुई वटा केराका टुक्राहरूलाई अमेरिकी राष्ट्रपतिमा प्रतिस्पर्धामा रहेका डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको प्रतीकका रुपमा राखिएको थियो र उक्त बादरले दुई टुक्रामध्ये ट्रम्पको प्रतीक मानिएको केराको टुक्रालाई उठाएर निर्णय दिएको थियो । बाँदरले निर्णय दिनुभन्दा पहिले केहीबेर ध्यानपूर्वक केराका टुक्रा नजिक बसेको र ट्रम्पको प्रतीक बनाई राखिएको केराको टुक्रालाई उचालेर भविष्यवाणी गरेको, सियाङ हु इकोलोजिकल टुरिजम पार्कले बिहीबार आफ्नो वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस/एएफपी

पुष्पकमल दाहालद्धारा भारतीय राष्ट्रपति मुखर्जीलाई महाविद्यावारिधि प्रदान

काठमाडौं, १८ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं विश्वविद्यालयद्वारा प्रदान गरिएको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित भएका छन् । नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहका बीच प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गरेका हुन्। काठमाडौं विश्वविद्यालयद्वारा बिहीबार आर्मीअफिसर्स क्लबमा आयोजित सो विशेष दीक्षान्त समारोहमा शिक्षामन्त्री एवम् सो विश्वविद्यालयका सहकुलपति धनिराम पौडेल, सोही विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ मकाजु श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो । सो समारोहमा मन्त्रिगण, नेपालका लागि भारतका राजदूत रणजीत राय, राष्ट्रपति मुखर्जीका भ्रमणमा रहेएका सदस्य समेत सो विशेष कार्यक्रममा सहभागी थिए । रासस

नायक राजेश हमाल र मन्त्री जनर्दन शर्माकाे लाेकप्रियता बढ्याे, प्रचण्ड र अाेलीकाे घट्याे

काठमाडौँ , १३ कात्तिक । पछिल्ला राजनीतिक गतिबिधिबाट सामाजिक संजाल तथा आमसंचार मध्यम मा राजनीतिक दलका नेताहरुको लोकप्रियता घटेको छ । अनलाइन संचार मध्यमहरुको पहुचमा भएका मानिसहरुले राजनीतिक दलका नेताहरु भन्दा कलाकारहरुतर्फ आफ्नो ध्यान खिचेका छन् । शुक्रबार मात्रै सिन्धुपाल्चोकको गिरान्चोकमा चर्चित हास्य कलाकार जोडी सिताराम कट्टेल र कुन्जना घिमिरेले भूकम्प पीडित जनतालार्इ सुब्यबस्थित वस्ती वितरण गरेपछि त झन् कलाकारहरु प्रति ठूलो श्रद्दा बढेकाे देखिएकाे छ भने नेताहरु प्रति सामाजिक संजालमा ठूलो आक्रोश पनि व्यक्त भएको पाइएको छ । अक्टोबर महिनाको अन्तिम साता नेपाली चलचित्रका महानायक राजेश हमाल नार्कोसी डट कम को पब्लिक फिगर अाइकनमा पहिलो नम्बरमा उक्लेका छन् । यसघि प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलोमा थिए । उनी दोश्रोमा झरेका छन् । तेश्रो र चौथोमा क्रमश चर्चित हास्य कलाकार जितु नेपाल र नायक तथा बिमान चालक बिजय लामा छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पाचौमा छन् भने शेरबहादुर देउबा छैठौमा छन् । गायिका तिर्सना बुढाथोकी सातौमा छिन । उर्जा मन्त्नी जनार्दन शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बिरुद्दको महा अभियोग प्रस्ताबको भित्री नेतृत्व समाचार अनलाइनहरुमा चर्चित भएपछी उनका पाठक पनि निकै बढेका छन् । उनी आठौमा छन् । नबौ स्थानमा अस्ट्रेलियाका नेपाली मुलका धनाड्य तथा गैर आवाशीय नेपाली संङका अध्यक्ष शेष घले छन् । दसौमा भने युबा गायिका मिलन अमात्य छन् । नार्कोसी डट कम अस्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको नेपाली भाषाका सबै अनलाइन पोर्टलबाट समाचार, विचार तथा श्रव्य दिर्ष्य  सामग्री एकिकृत गरि अनलाइनका पाठकबीच  पुर्याउदै अाएकाे न्यूजपाेर्टल हाे ।