टाटा “योद्धाको चुनौती” कार्यक्रम अन्तर्गत राजेन्द्र डंगाललाई योद्धाको साँचो हस्तान्तरण
टाटा “योद्धाको चुनौती” कार्यक्रम अन्तर्गत ग्राहक राजेन्द्र डंगाल, नेपाल ग्याँस (दाँया) अर्का ग्राहक, आक्वा वल्र्डका श्रेष्ठलाई योद्धाको साँचो हस्तान्तरण गर्दै ।
सिप्रदी ट्रेडिङद्धारा एश्वर्य चलचित्रको र्याली आयोजना
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा. लिले राजधानीमा टाटा ब्राण्डका गाडीहरुसहित एश्वर्य चलचित्रको र्याली आयोजना गरेको छ । सिप्रदीले हालै सार्वजनिक भएको नेपाली कथानक चलचित्र एश्वर्यको बजार प्रर्बदन गर्ने हेतुले उक्त र्यालीको आयोजना गरेको हो । कम्पनीका अनुसार टाटा टियागोको फोटो अंकित एश्वर्य चलचित्रको पोष्टर टाँसिएका टाटाका गाडिहरुद्धारा बुधबार काठमाडौं नगरका विभिन्न क्षत्रेहरुमा नगर परिक्रमा गरिएको थियोे । कम्पनीले नेपाली चलचित्र उद्योगको विकास र बृद्धिमा सकारात्मक योगदान गर्ने आफ्नो उद्देश्य अनुसार एश्वर्य चलचित्रको र्याली आयोजना गरी बजार प्रर्बदन गरिएको जनाएको छ । र्यालीमा एश्वर्य चलचित्रको निर्माता, निर्देशक, कलाकार लगाएत कम्पनीको तर्फबाट विभिन्न व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।
राप्तीभेरी विकास बैंक प्राप्ति पश्चात ज्योति बैंकद्धारा आजदेखि एकिकृत कारोबार शुरु
काठमाडौं । ज्योति विकास बैंकले क्षेत्रिय स्तरको राप्तीभेरी विकास बैंकलाई प्राप्ति(एक्विजिसन) गरी आज अर्थात कात्तिक ८ गतेदेखि एकिकृत कारोबार शुरु गरेको छ । बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले संयुक्त कारोबार सञ्चालन समारोहको उद्घाटन गरेका हुन् । ज्योति विकास बैंकले हालसम्म झिमरुक विकास बैंक र राप्तीभेरी विकास बैंक गरी २ वटा क्षेत्रिय स्तरको विकास बैंकहरुलाई प्राप्ति गरिसकेको छ । यस प्राप्ति पश्चात् ज्योति विकास बैंक लिमिटेडेको चुक्ता पूँजी २ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल निक्षेप १२ अर्ब ४० करोड रुपैयाँ, कर्जा लगानी १० अर्ब ३० करोड रुपैयाँ रहेको छ । हालसम्म बैंकको शाखा संख्या ४६ तथा ग्राहक संख्या १ लाख ४० हजार भन्दा बढि पुगेको छ ।