१७३ विद्यार्थी तथा शिक्षकद्धारा रक्तदान
काठमाडौं । ईन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजले स्कूल परिसर ज्ञानेश्वरमा पुस २६ गते रक्तदान कार्यक्रम आयोजना गरेको छ । जम्मा १७३ विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरेका छन् । कलेजले विगत ८ वर्षदेखि रक्तदान कार्यक्रम गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय हाइड्रो एक्स्पो सुरु, राष्ट्रपति भण्डारीद्धारा उद्घाटन
काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको ‘हाइड्रो एक्स्पो-२०१८’ सुरु भएको छ । विद्युत उत्पादन बढाउने सरकारको लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा शुक्रबार काठमाडौं स्थित भृकुटीमण्डपमा एक्स्पो सुरु भएको हो । एक्स्पोको उद्घाटन कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले गरेकी छिन् । ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई एक्स्पोले विशेष सहयोग पुर्याउने आयोजकको भनाइ छ । एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरु लगायत झण्डै सय वटाभन्दाबढी स्टल रहेका छन् । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको भएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले उद्घाटन कार्यक्रममा बताए । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहेका छन् । दर्जनौं विदेशी कम्पनीहरुको सहभागिता भएको एक्स्पोमा नेपालमा जलविद्युतको बजार बिस्तारका साथै अनुभव आदान–प्रदान गर्न एक्स्पोले महत्वपूर्ण योगदान पु¥याउने आयोजकले बताएको छ । एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य–मुख्य विषयमा सेमिनार सञ्चालन हुनेछ । शुक्रबार हाइड्रो टनेलिङ, दोस्रो दिन बैंकिंग तथा इन्स्योरेन्स तथा अन्तिम दिन पुष २३ गते हाइड्रो पावर सम्बन्धिका सेमिनारहरु सञ्चालन हुने अध्यक्ष गुरागाइले कार्यक्रममा जानकारी गराए । त्यस्तै एक्स्पोमा हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाबीच समेत प्रतिस्पर्धा गरिने आयोजकले बताएको छ । उत्कृष्टलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
तस्बीरमा हेर्नुस्: यसरी मनाइयो तमु ल्होसार
काठमाडौं । राजधानीको टुंडीखेलमा गुरुङ समुदायले आफ्नो नयाँ वर्षको रुपमा तमु ल्होछार मनाएका छन् । आफन्तसँग भेटघाट गर्ने, नयाँ लुगा लगाउने र सेलरोटी, खिरलगायत मिठा परिकार खाएर नाचगान गरी ल्होसार मनाउने गरिन्छ । गुरुङ समुदायले चरा वर्गलाई बिदाइ गरि कुकुर वर्गलाई स्वागत गरेर तमु ल्होसार’ पर्व मनाए । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिन्छ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष चराको वर्ष थियो भने यस वर्ष कुकुरको वर्ष ( खि ल्हो ) रहनेछ । यस वर्ष भने कुकुरको शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्ने विश्वास गरिन्छ । शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि सहभागिता थियो । ‘तमु ल्होछार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । ल्हाेछारकाे राैनक दिपेन गजुरेलले कैद गरेको तस्बिर :