नाडा अटो शोको पहिलो दिनमै १० वटा नयाँ गाडी सार्वजनिक, के के छन् फिचर्स ?
काठमाडौं । नेपाली बजारमा विभिन्न कम्पनीका नयाँ गाडी भित्रिएका छन्। मंगलबार सुरु भएको नाडा अटो शो २०१७ को पहिलो दिनमै १० वटा नयाँ सवारीसाधन ‘लञ्च’ गरिएको हो । शोको पहिलो दिनमा भौतिक पूर्वाधार मन्त्री वीर बहादुर बलायरले गरेका ती दसवटा सवारी साधनको उद्घाटन गरेका हुन् । भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोको अवसर पार्दै धमाधम नयाँ गाडी भित्रिएका हुन्। १ डाट्सनको रेडी गो १.० लिटर नाडा अटो शोमा डाट्सनको नयाँ कार रेडी गो १.० लिटर सार्वजिनक भएको छ । यो कारलाई पायोनियर मोटो कर्प प्रालीले नेपाली बजारमा ल्याएको हो । डाट्सनले रेडी गो दुई वटा मोडलमा लञ्च गरेको हो – रेडि गो टि ‘ओ’ र रेडि गो ‘एस’ । रेडि गो १.० को सुरुवाती मूल्य १९ लाख ७५ हजार रुपैयाँ रहेको छ भने रेडी गो १.० को मूल्य २० लाख २५ हजार रुपैयाँ रहेको छ । नाडा शो अवधीभर दुवै गाडीमा ७५ हजार रुपैयाँ छुट दिइएको छ । ०.९९ लिटरको डिसप्लेसमेन्ट रहेको रेडी गो कारमा ह्विलबेस २३४८ एमएम रहेको छ । यसको न्युनतम ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको छ । यो सिल्भर, ग्रे, रुबी, लाइम र ह्वाइट कलरमा उपलब्ध रहेको छ । २ रिनाल्ट क्विड शोमा रिनाल्टको क्विड लञ्च गरिएको छ । एड्भान्स अटोमोबाइल्स प्रालीले यसलाई सार्वजनिक गरेको हो । एससिई ईञ्जिनबाट सञ्चालिन यो कारले यात्रुलाई प्रत्येक ड्राइभमा मनोरञ्जन प्रदान गर्ने कम्पनीको दाबी छ । यसको बुट स्पेस ३०० लिटर क्षमताको छ । यसको ग्राउण्ड क्लियरेन्स १८० एमएमको छ । ३ हुण्डाईको एलिट आइ २० र एक्ससेन्ट एफएल नाडा अटो शोमा हुण्डाईका दुईवटा नयाँ गाडी लञ्च भएका छन् – एलिड आइ २० र एक्ससेन्ट एफएल । हुण्डाईको आधरिकारिक बिक्रेता लक्ष्मी ग्रुपले दुई नयाँ मोडलका गाडी सार्वजनिक गरेका हुन् । एलिट आइ २० आइ २०को स्पोर्ज भेरियन्टको कारको मूल्य ३३ लाख ५६ हजार रुपैयाँ रहेको छ भने आस्टाको ३५ लाख ५६ हजार रुपैयाँ रहेको छ । २८५ लिटर क्षमताको बुट स्पेस भएको एलिट आइ २० मा ४५ लिटरको फ्युल ट्यांक क्षमता छ । यसको औसत तौल १५२० केजी रहेको छ । यसको टर्निङ रेडियस ५.२ मिटर छ भने १७० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । एक्सेन्ट एफएल एक्सेन्ट एफएल दुई वटा भेरियन्टमा उपलब्ध छन् – एस र एसएक्स । एस भेरियन्टको कारको मूल्य ३० लाख ९६ हजार रुपैयाँ छ भने एसएक्स भेरियन्टको ३३ लाख ५६ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । २४२५ एमएम को ह्विलबेस रहेको एक्सेन्टमा १६५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । यसको फ्युल क्षमता ४३ लिटरको छ भने बुट स्पेस ४०७ लिटर रहेको छ । यसको डिस्पेस्मेन्ट ११९७ सिसि रहेको छ । ४ फोर्डको मुस्ताङ फोर्डको नयाँ उत्पादन मुस्ताङ सार्वजनिक भएको छ । गो अटो मोबाइल्स प्रालीले यसलाई नाडा अटो शोमा सार्वजनिक गरेको हो । हाल यसको बिक्री भने सुरु नगरिएको कम्पनीले जानकारी दिएको छ । ५ स्कोडाको न्यु सुपर्ब टिडिआइ एटी एमएडब्लु इन्टरप्राइजेज प्रालीले नेपाली बजारमा स्कोडाको न्यु सुपर्ब टिडिआइ एटी सार्वजनिक गरेको छ । स्टायल एटी मोडलको १९८६ सिसि डिस्प्लेसमेन्टको यो कारको मुल्य १ करोड १६ लाख रुपैयाँ रहेको छ । २८४१ एमएमको ह्विलबेस रहेको यो कारको ग्राउण्ड क्लियरेन्स १४९ एमएम रहेको छ । कारको कुल तौल २०६० केजी रहेको छ । यसको बुट स्पेस ६३५ लिटरको छ भने पाँच वटा सिटिङ क्यापासिटि छ । ६ महिन्द्राको थार अग्नी इकोरपोरेटेड प्रालीले महिन्द्राको थार लञ्च गरेको छ । महिन्द्रको सिआरडीइ फोरडब्लुडि एसटिडीको मूल्य ३७ लाख ८५ हजार रुपैयाँ रहेको छ । यसको डिस्प्लेसमेन्ट २४८९ सिसि क्षमताको छ भने फ्युल ट्यांक क्षमता ६० लिटर छ । २४३० एमएमको ह्विलबेस रहेको थारको ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको छ । यसमा एयर कन्डिसनरका साथै हिटरको पनि सुविधा छ । यो गाडी रातो रेज, फियरी ब्ल्याक, मिस्ट सिल्भर, डायमण्ड ह्वाइट र रक्की बिजमा उपलब्ध छन् । ७ नयाँ प्युगोट ५०८ सांग्रिला मोटर्स प्रालीले प्युगोट ५०८ एल्युर ४ डोर सेडान कार सार्वजनिक गरेको छ । यसको मूल्य ९५ लाख रुपैयाँ रहेको छ । २४० एनएम टर्क क्षमताको यो कारको डिस्प्लेसमेन्ट १५९८ सिसि रहेको छ । यसको फ्युल ट्यांक क्षमता ७२ लिटर रहेको छ । यसको कुल तौल २०४५ केजी रहेको छ । यो कारको ह्विलबेस २८१७ एमएम रहेको छ । ८ सुजुकीको इग्निस बहुप्रतिक्षित कार‘जापानी कम्प्याक्ट एसयूभी’ इग्निस नेपाली बजारमा ल्याएको छ । अरुण इन्टरनेशनल ट्रेडर्सले यो कार मंगलबार नाडा अटो शोको अवसरमा सार्वजनिक गरेको हो । ईग्निस उत्कृष्ट डिजाइन, एण्ड्रोइड अटो र एप्पल कारप्ले रहेको यो कारले स्मार्टफोन अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । कारमा यात्रा गर्ने सबैको सुरक्षालाई विशेष ध्यानमा राखि ईग्निसको निर्माण सुजुकी टोटल इफेक्टिभ कन्ट्रोल प्रविधि (टीइसीटी) प्ल्याटफर्ममा आधारित रहेको छ । कारमै जडान गरिएको ट्याब्लेट, त्यसको लुक, फिल र पोजिसनिङले ईग्निसको स्टाइल निकै आकर्षक बनाइदिएको छ । एण्ड्रोइड अटो, एप्पल कारप्ले र मिरर लिंक सहितको ईन्फोटेनमेण्टको सुविधा कारमै उपलब्धगरिएको छ । यसरी उपलब्धगरिएका सुविधाले नयाँ पुस्ताको यूवालाई आवश्यकताअनुसार स्मार्टफोनको प्रयोग कारमै गर्न सघाव पुर्याउँछ । कारमा रहेको २ सय ६५ लिटरको ठूलो बुट स्पेशका कारण यसमाभारी तथा ठूला लगेज समेत सजिलै अटाउन सकिन्छ । साथै अतिरिक्त स्थानको आवश्यकता परेका बेला ६०:४० रियर स्प्लिट सम्म बुटस्पेस बढाउन सकिन्छ । कारमा रहेको हाई आई प्वाइन्टका कारण सहर, हाइवे लगायत स्थानमा समेत आवश्यकता अनुसार कार चलाउन र नियन्त्रण गर्ने सहजता प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले ईग्निसलाई दुई भिन्न ईञ्जिनअप्सनका साथमा उपलब्ध गराएको छ । कारमा पेट्रोल जडित प्रमाणित भीभीटी ईञ्जिन (१.२ लिटर)ले ६ हजार आरपीएम र ४ हजार २ सय आरपीएममा १ सय १३ एनएम टर्क र ६१ किलोवाटको शक्ति उत्सर्जन गर्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । ९ सुजुकीको एक्सेस स्कुटर भीजी अटोमोबाइल प्रालीले सुजुकीको नयाँ स्कुटर एक्सेस डिस्क सार्वजनिक गरेको छ । १२५ सिसि डिसप्लेसमेन्ट रहेको यो स्कुटरको मूल्य करिब दुई लाख रुपैयाँ रहेको छ । १० सानयाङको फिडल थर्ड श्रेष्ठ कम्पनी प्रालीले सानयाङको नयाँ स्कुटर फिडल थर्ड सार्वजनिक गरेको छ । नाडा अटो शोमा लञ्च भएको यो स्कुटरको मूल्य दुई लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीले अटो शोदेखि दसैंसम्मका लागि यो स्कुटरमा दस हजार रुपैयाँको छुट दिएको छ । १२५ सिसिको डिस्प्लेस्मेन्ट रहेको यो स्कुटरमा ६.५ लिटरको फ्युल क्षमता छ । १३२० एमएमको ह्विलबेस रहेको यो स्कुटरको अधिकतम टर्क क्षमता १० एनएम रहेको कम्पनीले जानकारी दिएको छ ।
नाडा अटो शोमा नयाँ स्कोडा सुपर्ब सार्वजनिक, मूल्य एक करोड १६ लाख रुपैयाँ
काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले आफ्नो निकै सफल र रुचाइएको मोडेल सुपर्बको तेस्रो पुस्तालाई १४ नाडा अटो शोमा सार्वजनिक गरेको छ । एमएडब्लुले नाडा अटो शोमा १८०० सीसी भएको स्कोडा सुपर्बको ‘स्टाइल’ भेरियन्टलाई प्रदर्शनीमा राखेको हो । सुपर्बको तेस्रो पुस्ता हालसम्मकै शक्तिशाली भए पनि अत्याधुनिक इन्जिन र सुध्रित एरोडाइनामिक्सका कारण यसको फ्युल इफिसेन्सी ३० प्रतिशतले बढी रहेको छ । स्कोडा सुपर्ब क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, म्याग्नेटिक ब्राउन र बिजनेस ग्रे गरी चार रंगमा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य एक करोड १६ लाख तय गरिएको कम्पनीले जनाएको छ । निकै स्पेसियस, नविनतम सुरक्षा प्रणाली, आरामदायी फिचर, पावरफुल इन्जिन र ‘सिम्प्ली क्लेभर’ सुविधाले भरिएको सुपर्बले एक पटक फेरि आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको अपेक्षा रहेको छ । स्कोडाको नयाँ कार ‘स्पेसियसनेस र प्राक्टिकेबिलिटी’ जस्ता ब्रान्डको मुख्य विशेषता रहेकाे कम्पनीले बताएको छ । नयाँ स्कोडा कारमा २.० टिडीआई/१३२ किलोवाट (१७७ पीएस)को इन्जिन रहेको छ । ‘नयाँ सुपर्ब बार स्कोडा ब्रान्ड डिजाइन र इन्जिनियरिङमा निपुण छ भन्ने तथ्यको बलियो प्रमाण हो । ग्राहकले यसमा अतुलनीय प्रविधि, र अद्वितीय सुरक्षा व्यवस्था र आरामदायी सुविधाको अनुभव गर्न पाउनुहुनेछ,’ स्कोडा एमएडब्लुका चिफ जेनेरल म्यानेजर सुरज मानन्धरले भने, ‘हाम्रा ग्राहकको विश्वास हाम्रो सबैभन्दा बलियो आधार हो । नयाँ सुपर्बले यो विश्वासलाई अझ मजबुत बनाउनेमा हामी विश्वस्त छौं ।’ स्कोडा एमएडब्लुले सुपर्बमा चार वर्षको अवधि वा एक लाख किलोमिटरसम्म वारेन्टी दिने घोषणा समेत गरेको छ । सुपर्बको इन्टेरियर र एक्सटेयरियरमा क्रिस्टलाइन डिजाइन ल्याङवेजलाई पछ्याएको छ । यसको बडी म्याकफर्सन फ्रन्ट स्टर्ट र मल्टी–लिंक एक्सलमा निर्माण गरिएको छ जसले चुनौतीपूर्ण अवस्थामा पनि सन्तुलनलाई ग्यारेन्टी गर्छ । कम्पनीका अनुसार नयाँ सुपर्बमा मल्टि–कोलिन ब्रेकसहितको इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, , इलेक्ट्रिोनिक टायर प्रेसर मोनिटरिङ, आठ वटा एयर ब्याग, फास्टेनिङ एलर्ट जडान भएको पाँच वटा थ्रि–प्वाइन्ट सिट बल्ट, इलेक्ट्रिोनिक डिफेरेन्सियल लक सुविधा भएको एक्सडीए प्लस जस्ता सुरक्षा व्यवस्था राखिएका छन् । साथै, यसमा नविनतम लाइटिङ सिस्टम, बएएफएस फंक्सन र लि डेलाइट रनिङ लाइट भएको बाइ–जेनन ल्याम्प पनि रहेको छ जसले रातिको समयमा गाडी चलाउन निकै सहज पार्छ । यसमा सेग्मेन्टकै सबैभन्दा ठूलो बुट (६२५ लिटर) रहेको छ । साथै, यसमा इनबिल्ट रियर भ्यु क्यामेरा मात्र होइन पुरानो शैलीको ह्यान्ड ब्रेकलाई हटाएर अटोमेटिक इलेक्ट्रोमेकानिकल पाकिङ बै्रक जडान गरिएको छ । नयाँ स्कोडा सुपर्बमा थ्रि जोन एयर कन्डिसनिङ छ जसले कारभित्र एकै नासको तापक्रम कायम गर्छ । यो कारमा इलेक्ट्रिोनिक पनोरमिक ग्लास रुफ, अक्जिलरी हिटिङ, वायरलेस हिटेड विन्ड स्क्रिन, हिटेड वासर जेट जस्ता फिचर पनि रहेका छन् । साथै, ड्राइभिङ कम्फोर्टको लागि यो गाडीमा रेन/लाइट सेन्सर वाइपर राखिएको छ । मोबाइल फोनलाई मिरर लिंक/एप्पल कारप्ले वा एन्ड्रोइड अटोमार्फत कारको सिस्टममा जोड्न सकिन्छ । यसमा ६.५ इन्चको टच स्क्रिन समेत रहेको छ । स्कोडाको नयाँ कारमा यात्रालाई आरामदायी बनाउन २९ वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन । पछाडिको सिटमा ट्याब्लेट होल्डर, अगाडि जम्बो बक्स, युएसबी पोर्ट र २३० भोल्टको सकेट पनि रहेको कम्पनीले बताएको छ ।
बेलायती ब्राण्ड एमजीको नयाँ कार नेपाली बजारमा, मूल्य ६७ लाख रुपैयाँ
काठमाडौं । नेपालमा पहिलोपटक बेलायती ब्राण्ड मोरिस ग्यारेज (एमजी)को नयाँ कार एसयुभी ‘एमजी जिएस’ भित्रिएको छ । सन् १९२४ देखि व्यवसायिक उत्पादन थालेको यो ब्राण्डको गाडी नेपालको आधिकारिक बिक्रेता एस एल आर टेक्नो एण्ड ट्रेड प्रालिले नेपाली बजारमा ल्याएको हो । कम्पनीले यो कारको सुरुवाती मूल्य ६७ लाख रुपैयाँ तय गरेको छ । सोमबार कम्पनीले नयाँ बानेश्वर स्थित नयाँ शोरुमबाट वाणिज्यमन्त्रीद्वारा उद्घाटन गरेको थियो । अहिले नेपाली बजारमा यो कार दुई मोडलमा आएका छन् – १५०० सिसि टर्बो र २००० सिसि टर्बो । विश्वबजारमा स्पोर्टस गाडीका रुपमा चर्चा पाएको यो गाडी अहिले चीनमा उत्पादन हुँदै आएको छ । बिट्रिश लेल्यान्ड कर्पोरेशन कम्पनी नानजिङ अटोमोबाइल ग्रुपले सन् २००५ मा किनेको थियो । सन् २००७ मा चीनको सरकारी स्वामित्वको सांघार्इ अटोमोबाइल इन्डस्ट्रिज कर्पोरेशनले यो गाडी चीनमा उत्पादन गँर्दै आएको कम्पनीका सञ्चालक लोक हर्ष शाक्यले बताए । १५०० सिसि टर्बो क्षमताको कारको मूल्य ६७ लाख रुपैयाँ रहेको छ भने २००० लिटर टर्बो क्षमताको कारलाई ८२ लाख रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ । तत्काल बुकिङका लागि कम्पनीले दुई लाखसम्मको छुट दिएको छ । यो योजना दसैंसम्म उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । के के छन् नयाँ फिचर ? टिएसटी गेयर बक्स (अटोमेटिक) प्रविधियुक्त यो कार युरो भि एप्रुभ्ड रहेको कम्पनीले जानकारी दिएको छ । चालकसँगै यात्रुलाई पनि आरामदायी यात्राको लागि नयाँ किसिमको सिट राखिएको छ । यसमा सुरक्षाको हिसाबले पनि उच्च प्रविधि जडान गरिएको कम्पनीको दाबी छ । १८५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो कार नेपालको माटो र बाटोलाई सुहाउने किसिमको भएको कम्पनीका सञ्चालक शाक्यले बताए। यसको १५०० सिसि क्षमताको गाडीले २२० एनएम क्षमताको टर्क प्रदान गर्छ भने २००० सिसिको गाडीको क्षमता ३५० एनएमको टर्क रहेको शाक्यले जानकारी दिए ।