तमु ल्होसारमा यस्ताे देखियाे टुँडिखेल (फोटोफिचर)
काठमाडौं। गुरुङ समुदायको महान् चाड तमु ल्होसार मंगलबार देशभर धुमधामको साथ मनाइदैँ छ । राजधानी काठमाडाैमा पनि राष्ट्रपति विद्यादेवी भण्डारीकाे प्रमुख आतिथ्यमा तमु ल्हाेसार मनाइएकाे छ । मंगलबार काठमाडौंकाे टुँडिखेलमा विभिन्न साँस्कृतिक झाँक्रीको प्रस्तुतीको साथ ल्होसार मनाइदैँ छ । तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष कुकुरको वर्ष ( खि ल्हो )को वर्ष थियो भने यस वर्ष मृगको वर्ष (फो-ल्हो) रहनेछ ।
त्रिविको ४५औं दीक्षान्त समारोह: काखे बालक च्याप्नेदेखि आफन्तसँगको सेल्फीसम्म
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहमा सम्पन्न भएको छ। समारोहमा देशभरबाट १० हजार १८३ विद्यार्थीहरु दिक्षित भएका छन्। दिक्षितको लागि ७० हजार ७७ विद्यार्थीहरु योग्य भएपनि १५ प्रतिशतले मात्र दिक्षान्त समारोहको लागि फारम भरेका थिए। गत वर्ष ७७ हजार ७७ विद्यार्थीमा ९ हजार ५८० विद्यार्थी दीक्षान्तमा सहभागि थिए। पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसमा भएको समारोहमा शिक्षामन्त्री गिरिराजमणी पोखरेल र बाङ्लादेश विश्वविद्यालयका उपकुलपति मोहोम्मद अख्तारुजामनको उपस्तिथि थियाे।
चन्द्रागिरिमा हिउँ पर्यो (फोटोफिचर सहित)
काठमाडौं। चन्द्रागिरिमा शुक्रबार बिहान हिउँ परेको छ। हिमपातसँगै काठमाडौंमा चिसो बढेको छ। हाल काठमाडौंको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ। बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला चन्द्रागिरिमा हिउँ परेको हो। मौसम पुर्व अनुगमन महाशाखाको अनुसार आज दिउँसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशका थोरै स्थानहरुमा भारी वर्षा र एक दुई स्थानहरुमा अति भारि वर्षाको संभावना छ। यस्तै राती देशका अधिकांश भू-भागमा पूर्ण बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ। (तस्विरः भिजिट नेपालकाे फेसबुक पेजबाट)