१५ तस्वीरमा यस्तो देखियो काठमाडौँको तिहार बजार

काठमाडौँ । नेपालीहरुको महान् चाड तिहार नजिकिंदै गएको छ । तिहार पर्व नजिकिंदै जाँदा दीपावली र भाइटीकाका लागि आवश्यक सामाग्री खरिद गर्नेहरुको भीड बजारमा बढ्न थालेको छ । काठमाडौँका असन, महाबौद्ध, इन्द्रचोक, भोटाहिटी, मखनगल्ली, याख्टा, नरदेवी, विशालबजार लगायतका क्षेत्रमा रहेका पसलहरु अहिले तिहार विशेष सामाग्रीहरुले भरिभराउ देखिएका छन् । झिलिमिली बत्ति, भाइमसला, टीका सामाग्री, दाजुभाईहरुका लागि उपहार दिइने ढाका टोली जस्ता वस्तु बिक्रीका लागि राखिएका छन् । १५  तस्वीरमा हेरौँ तिहार बजार ।

पोखरा त साँच्चिकैको पोखरा नै रै’छ… (फोटोकथामा पोखरा)

फेवातालमा बोटिङ र तालबाराही दर्शनका लागि बसेका डुङ्गाहरु, सरसफाइमा ध्यान नदिँदा तालको किनारा जलकुम्भीले ढाकेको छ । तालबाराही दर्शनका लागि डुङ्गामा चढेर जाँदै गरेका दर्शनार्थीहरु, पाेखराकाे प्रमुख धार्मिक गन्तव्यमध्येकाे एक रहेकाे तालबाराहीमा नेपाल र भारतका हिन्दु धर्मालम्बीहरूकाे घुँइचो लाग्ने गर्छ । फेवातालको किनारमा देखिएका विभिन्न रङका डुङ्गाहरु .       उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको पोखराको पालते छाँगोको अवलोकन गर्दै आन्तरीक तथा विदेशी पर्यटक । दशैको बिदा तथा पर्यटकीय सिजनको कारण पोखरामा पर्यटकको बाक्लो उपस्थिती देखिन्छ । प्याराग्लाइडिङमा विश्वकै आकर्षक गन्तव्यमा परिचित पोखराको सराङकोटवाट प्याराग्लाइडिङ उडाउन तयारी गर्दै आन्तरीक तथा विदेशी पर्यटकहरु । प्याराग्लाइडिङमा विश्वकै आकर्षक गन्तव्यमा परिचित पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडाउन तयारी गर्दै आन्तरीक तथा विदेशी पर्यटकहरु । प्याराइलाइडिङ गर्दै एक पर्यटक । पोखराको आकाशमा देखिएको प्याराइलाइडिङ । पोखराको आकाशमा देखिएको प्याराइलाइडिङ । तस्बिरः प्रदीपराज वन्त/रासस

दशैंः खसीबोका र भेडाच्याङ्ग्राको ब्यापार(फोटो फिचर)

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा पहाडी क्षेत्रबाट बिक्रीका लागि ल्याइएका खसी र बोका । दशैं सुरु भएसँगै सप्तरीको राजविराज नगरपालिका–४ मा सोमबार लागेको हटियामा खसी वोकालगायत बिक्रिबितरणका लागि व्यापारीहरु ग्राहकको प्रतीक्षा गर्दै । भक्तपुरको उपभोक्ताका लागि प्रतिकिलो ७८० रुपैयामा च्याङ्ग्रा बिक्री भइरहेको छ । गत वर्षभन्दा यस वर्ष मूल्य वृद्धि भएको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत काठमाडौँमा बिक्री गर्न ल्याएको खसी, बोका तथा च्याङ्ग्रा । दz}+लाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट म्याग्दी सदरमुकाम बेनीमा ल्याइएका भेडाच्याङ्ग्रा । दशैँ तिहारलाई लक्षित गरी मुस्ताङ जिल्लाबाट बिक्रीका लागि बागलुङ बजारतर्फ ल्याइएका च्याङ्ग्रा । तश्वीरहरुः रासस ।