सोमबार शिवालयहरुमा भक्तजनको घुईँचो, सेल्फि मोह(फोटो फिचर)

काठमाडौ । साउन महिनाको दोस्रो सोमबार पशुपतिमा भगवान शिवको पूजाआजा गर्ने देखी सेल्फी खिच्ने भक्तजनहरुको बाक्लो उपस्थिति देखियो । हरिया, पहेला कपडामा सजिएका महिला भक्तजन तथा दाह्री पालेका पुरुष भक्तजन सोमबार शिवालयमा पूजा गर्न मात्र नभई सेल्फि खिच्न धाउने गर्छन् । हिन्दुधर्म अनुसार सोमबार भगवान शिवको बार रहेको मानिन्छ । सोही कारण सोमबार शिवजीको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास समेत रहँदै आएको छ । सोमबार बिहानै देखी पशुपति मन्दिरमा भक्तजनहरुको चहलपहल देखियो । पशुपति मात्र नभई अन्य मन्दिरमा समेत साउनको सोमबार भक्तजनको घुईँचो लाग्यो । पछिल्लो समय सबैको हातहातमा स्मार्ट मोबाइल फोन हुनुले सेल्फी हान्नेहरु समेत प्रशस्तै देखिन्छन् । अन्य बेलामा कार्यालय र गृहस्थी जीवनमा समय बिताउँदै आएका भक्तजनहरु सोमबार बिहानैदेखी शिवालयमा पुग्छन्, पूजा गर्छन अनि एक सेल्फि लिइहाल्छन् । यसरी मन्दिरमा दर्शन गर्नेहरु मात्र नभएर सेल्फि प्रतिको मोह समेत भक्तजनहरुले झल्काएका छन् । केही भक्तजनहरु ब्रत बसी मन्दिर छिर्ने लाईनमा नै सेल्फि हानेको भेटियो । यस्तै, कोही पूजा गर्दै गर्दा, कसैले पूजा सक्किएपछि, कसैले सामूहिक तथा कसैले एकल सेल्फि हाल्ने गरेका छन् । मन्दिरमा दर्शन गर्ने भक्तजनहरुमा मात्र नभएर घुमघाम गर्न जाने भक्तजनहरुले समेत सेल्फि मात्र हानेर भएपनि फर्किने गरेका छन् ।

मौद्रिक नीति सार्वजनिक समारोह यस्तो देखियो(फोटो फिचर)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साउन ८ गते आव २०७६/०७७ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । होटल र्याडिशनमा विशेष समारोहका बीच गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरे । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, उद्योगी व्यवसायी र आर्थिक क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो ।