तस्विरमा राष्ट्रिय वाणिज्य बैंककाे ५५औं वार्षिकोत्सव कार्यक्रम (फाेटाेफिचर)
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले शुक्रबार आफ्नो ५५औं वार्षिकोत्सव कार्यक्रम मनाएकाे छ । बैंकले ५५औं वार्षिकाेत्सव विविध कार्यक्रमकाे आयाेजना गरी मनाएकाे हाे । कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडा प्रमुख अतिथी रहेका थिए । उनले राष्ट्रिय वाणिज्य बैंक सधैं सरकारी बैंक नै रहने बताए । पछिल्लो समय राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरिरहेको र अझै प्रतिस्पर्धी बन्नुपर्ने उनकाे भनाइ छ। बैंकले ५५औं वार्षिकाेत्सवकाे अवसर पारेर विभिन्न कार्यक्रमकाे आयाेजना गरेर पुरस्कृत पनि गरेकाे छ । बैंकले २० वर्ष पूरा गरेका कर्मचारी र पूर्व कर्मचारीलाइ पनि सम्मान गरेकाे थियाे । राष्ट्रिय वाणिज्य बैंककाे ५५औं वार्षिकोत्सव कार्यक्रमका केही दृष्यहरू
माघे झरीले यस्ताे बनायाे काठमाडाैं (फाेटाेफिचर)
काठमाडाैं । बिहिबारदेखिकाे निरन्तर वर्षाले काठमाडाैं हिलाम्य बनेकाे छ । दुई दिनकाे वर्षाले नै संघिय राजधानी काठमाडाैं हिलाम्य बनेकाे हाे । निरन्तरकाे झरीले जनजीवनसमेत प्रभावित भएको छ । बिहीबार दिउँसोदेखि निरन्तर पानी पर्दा राजधानीलगायत देशभरको जनजीवन प्रभावित भएको हो । शुक्रबार देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडाैंमा परेकाे दिनभरकाे वर्षाले सर्वसाधारणलाई सास्ती भएकाे छ । यिनै दृश्यलाई विकासन्यूजकर्मी प्रकाश वाग्लेले क्यामेरामा यसरी कैद गरेका छन् ।
मोटरहेड मोटरसाइकलको शोरुम पोखरामा, बाइक खरिदमा एक वर्षको रोड ट्याक्स फ्री(फोटो फिचर)
काठमाडौं । मोटरहेड मोटरसाईकलको आधिकारीक बिक्रेता एस.एल.आर. टेक्नो एण्ड ट्रेडको डिलरसिप, मल्टि स्टार मोटर प्रा.लिले आफ्नो नयाँ शोरुम पोखराको प्रस्यङ्गमा खोलेको छ । उक्त शोरुमको उद्घाटन प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष संजीव बहादुर कोइरालाले गरेका हुन् । उक्त उद्घाटनको अफर स्वरुप मोटरहेडका प्रत्येक बाईकको खरीदमा एक वर्षको रोड ट्याक्ससहित हेलमेट, टिसर्ट, तेस्रो पक्ष बीमा तथा ८ पटक सम्म फ्री सर्भिस पाइनेछ । साथमा स्योर सट १० हजार रुपैयाँ नगद छुट दिइने कुरा मल्टि स्टार मोटर्स प्रा.लि.का निर्देशक हिमाल गुरुङ्गले जानकारी दिएका छन् । यस शोरुममा हाल ६ थरी मोडेलका मोटरसाइकलहरु उपलब्ध रहेका छन् । जसमा टेक्कन २५०, स्पोर्ट २५०, स्क्रयाम्बलर २५०, एक्सटर्क २५०, एम एच २०० एक्स, एमएच १५० आर रहेका छन् । यसको मूल्य २ लाख ७८ हजार रुपैयाँदेखि ४ लाख ५० हजार रुपैयाँसम्म तोकिएको कम्पनीले जनाएको छ । नेपालका प्रमुख शहरहरुमा उपलब्ध हुने यी मोडेलका मोटरसाइकल नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारीक बिक्रेता एस एल आर टेक्नो एण्ड ट्रेडले उपलब्ध गराएको छ । यस कम्पनीबाट उपलब्ध गरिएका बाइकहरु नेपाली भौगोलिक बनावटलाई लक्ष्य गरी बजारमा ल्याएको एस.एल.आर. टेक्नो एण्ड ट्रेडका बिजनेश डेभलप्मेन्ट हेड साइमन रसाइलीले जानकारी दिए ।