निषेधाज्ञापछि यस्ताे देखियाे धनगढी (फाेटाेफिचर)

काठमाडाैं । कोरोना भाइरसको रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले अहिले २ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भइसकेको अवस्थामा कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । सोमबार बिहानै देखि सुदूरपश्चिम प्रदेशका मुख्य शहर कैलालीको धनगढी, अत्तरिया, टीकापुर तथा कंचनपुरको महेन्द्रनगर बजार पूर्ण रुपमा बन्द रहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले धनगढी रंगशालामा निर्माण गरिरहेकाे आइसोलेसन कक्ष । धनगढीकाे जिल्ला प्रहरी कार्यालयदेखि क्याम्पस चाेक जाने सडक । धनगढीकाे बजारकाे मूख्य सडक खण्ड । धनगढी रंगशालामा निर्माणाधीन आइसोलेसन कक्ष । निषेधाज्ञा जारीपछि सुनसान धनगढी । धनगढीकाे मुख्य सडकमा केही अटाेरिक्सा तस्वीरः पाण्डव पुजारा । कैलाली

घर फर्किनेको लर्को

काठमाडाैं । हवाईमार्ग भएर घर जान शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगेका यात्रु । कोरोना भाइरसका कारण सरकारले शिक्षण संस्था चैत महिनाभरका लागि बन्द गरेसँगै राजधानीमा रहेका विद्यार्थी तथा अन्य नागरिक घर फर्किन थालेका हुन् । बिहीबारदेखि हवाईमार्गसँगै स्थलमार्ग भएर घर फर्किने सर्वसाधारणको सङ्ख्या ह्वात्तै बढेको छ । तस्वीरः विक्रम गिरी/ रासस  

सुनसान ठमेल !

ठमेलमा घोसेमुन्टो लगाएर बसेका एकजना सडक व्यापारी । काठमाडौं । यतिखेर विश्वभर कोरोना (कोभिड–१९) को त्रास छ । चीनबाट सुरु भएको भनिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभरका नागरिकरुमा डर त्रास र भयको वातावरण सिर्जना भएको छ । यसकाे प्रभावबाट नेपालले पनि छुट्कारा पाउन सकेको छैन । यसले नेपाली अर्थतन्त्रलाई नराम्ररी प्रभाव पारेको छ । विशेषगरी नेपालको पर्यटन क्षेत्र यतिखर अस्तव्यस्त छ । नेपालको सबैभन्दा बढी पर्यटक आउन मध्येका ठमेल र पाटन दरवार स्क्वायर यतिखर सुनसान छन् । हामीले तिनै क्षेत्रमा गएर त्यहाँका केही तस्विर लिएका छौं । पाटन दरवारमा घुम्दै एक परिवार पाटन दरवारमा आन्तरिक पर्यटकको घुइँचो तर विदेशी पर्यटक भने न्यून । पाटनमा घाम ताप्दै केही जेष्ठ नागरिक । पाटन दरवार स्क्वायरमा गफिदै केही नागरिक । पाटन दरवारमा सजाइएका सामानहरु अवलोकनमा विदेशीहरू । पाटन दरवारमा सजाइएका सामान पाटनमा माटोको दियो नियाल्दै एकजना विदेशी महिला । पाटनमा घाम ताप्दै । ठमेलमा घुम्दै विदेशी पर्यटक । ठमेलमा घुम्दै दुई जना विदेशी नागरिक । ठमेलको पसलमा राखिएको सजावटका सामान । मोबाइल चलाउँदै पर्यटकको पर्खाइमा रिक्सा चालक र खाली रिक्साहरू । कोरोनाको त्रासले दुवैले मुख छोपेका छन्, दुबैका आफ्नै बाध्यता छन् । ठमेल सडकमा हिड्दै एकजना विदेशी नागरिक ग्राहक नआएर मोबाइलमा व्यस्त ठमेलमा एक व्यापारी । ठमेलकाे सुनसान पसल । दुई विदेशी महिला ठमेल घुम्दै ।