निषेधाज्ञाको समयमा यसरी बन्दैछ काठमाडौं भ्यू टावर (फोटोफिचर)
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर सुरु भएसँगै सरकारले प्रमुख शहरहरुमा निषेज्ञा सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारीहरुको निर्णयले आजदेखि काठमाडौं उपत्यकासहित देशभरका ११ भन्दा बढी जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ । सरकारले जारी गरेको निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेकका सर्वसाधारणलाई समेत हिडडुल गर्न रोक लगाइएको छ । सरकारले तोकेको पेशा व्यवसायभन्दा अन्य पेशा व्यवसाय गर्नेहरुलाई आवतजावतमा रोक लगाइएको छ । कोभिड महामारीमा बच्न सरकारले गरेको निषेधाज्ञाको समयमा धेरै उद्योग कलकारखानाका साथै विकास निर्माणका कामहरु ठप्प भएका छन् । तर, काठमाडौंको बागबजारमा रहेको पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यू टावरको निर्माण कार्य भने रोकिएको छैन । सरकारले एक हप्तालको लागि लगाएको निषेधाज्ञाको पहिलो दिन काठमाडौं भ्यू टावर कसरी निर्माण भइरहेको छ र छेउछाउको सडक कस्तो देखियो भन्ने सन्दर्भमा हामीले केही फोटो सामग्री पस्किएका छौं ।
देशभर व्यापक कोभिड, एयरपोर्टमा डरलाग्दो भिड (फोटोफिचर)
काठमाडौं । नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर सुरु भएको छ । कोभिड संक्रमितको संख्या पछिल्लो दिनमा व्यापक रुपमा बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत शुक्रबार मात्रै देशभरमा ९ सय जना कोभिड संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट परीक्षण गर्दा ८ सय ६४ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३६ जनामा कोभिड फेला परेको हो । अघिल्लो सातासम्म संक्रमितको संख्या २ सयको हाराहारीमा मात्रै थियो । कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएपछि कोभिड त्रास पनि कम हुँदै गएको थियो । तर, पछिल्लो समय छिमेकी देश भारतसहित विभिन्न देशमा कोभिड संक्रमितको संख्या बढ्न थालेको छ । नेपालमा पनि कोभिड संक्रमितको संख्या बढ्न थालेपछि सरकारले उच्च स्वास्थ्य सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न गराउन सार्वजनिक रुपमा आग्रह गरिरहेको छ । तर, राजनीतिक दलहरुको आव्हानमा हुने भेला तथा सभाहरु रोकिएका छैनन् । विद्यालय, सिनेमा घर, पार्क जस्ता सार्वजनिक स्थल र बढी भिडभाड हुने ठाउँहरु खुल्ला नै छन् । कोभिड संक्रमणको यो अवस्था आउँदा पनि स्वास्थ्य सुरक्षामा ध्यान नदिइएको र कोभिड संक्रमण विरुद्ध पूरै बेवास्ता गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय टर्मिनलमा देखिएको भिडले पनि पुष्टी गरेको छ । कम्तिमा २ मिटरको दुरी कायम गरिनु पर्ने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड सो बिमानस्थलामा पालना गरिएको पाइएन । हामीले यहाँ प्रस्तुत गरेका तस्वीरहरु शुक्रबार साझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएको दृष्य हो ।
काठमाडौंको ३६० दृश्यको आनन्द लिन सकिने ताहिना टेरेस चैत ३१ गतेदेखि खुल्दै
काठमाडौं । काठमाडौं म्यारियट होटलको नयाँ पूर्वी मेडीटेरियन रेस्टुरेन्ट, ताहिना टेरेस अप्रिल १३ अर्थात आगामी चैत ३१ गतेदेखि खुल्ने भएको छ । यो टेरेस सो दिनदेखि साँझ ४ बजेदेखि रातीको १० बजेसम्म सार्वजनिक रुपमा खुला हुन लागेको हो । उक्त टेरेसबाट हिमालको काठमाडौं शहरको ३६० दृश्यको आनन्द लिन सकिनेछ । साँझको लागि भर्खरको बनाइएको पूर्वीय मेडीटेरियन स्नाक्स, सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । मेज्जे प्लेटर र रमाईलो बारबेक्यु र कबाबहरु खानेहरुको लागि यो एउटा उत्तम स्थल हो । काठमाडौं शहरको पूर्ण सौन्दर्यता महसुस गर्न सकिने यस ताहिना टेरेसबाट पहाडको सूर्यास्त देख्न सकिने छ । ताहिना टेरेसले आरामदायक भाइब्स, फल्टलेस सर्विस, स्वादिलो खाना र पेय पदार्थहरुको अफर गर्दछ । यस भेन्यूको केही मुख्य हाइलाटहरु भनेका यसका क्याजुअल लाउन्ज एम्बियन्स, ट्रेन्डी शिश, फियूजन सिग्नेचर ककटेलको साथ ताजा बेक्ड मानकिश र अठेन्टिक अरबीक ग्रीलहरु हुन् ।