छाक टार्न समेत गाह्रो परेका मजदुरहरुलाई हाम्रो टिम नेपालको राहत वितरण कार्यक्रम (फोटो फिचर)

निषेधाज्ञाका कारण बिहान बेलुकी छाक टार्न समेत गाह्रो परेका मजदुरहरुलाई हाम्रो टिम नेपालले राहत वितरण गरेको छ । निषेधाज्ञाका कारण काम नपाइ बिहान बेलुकी छाक टार्न समेत नसकेका श्रमिक तथा मजदुरलाई शनिबार हाम्रो टिम नेपालले राहत वितरण गरेको हो । उपत्यकाका विभिन्न स्थानबाट राहतका लागि आएका मजदुरहरुलाई १५ किलो चामल, ३ किलो दाल र १ लिटर तेल राहत स्वरुप वितरण गरीएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो । शनिवार मात्रै ४०० भन्दा बढीलाई राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो । हाम्रो टिम नेपालले अप्ठ्यारोमा परेका श्रमिक, मजदुर वर्गलाई निःशुल्क खाना खुवाउँदै आएको छ भने राहत पनि वितरण गर्ने गरेको छ ।  

जब मन्त्री आफैं कृषि सामग्री कम्पनी लिमिटेडमा अनुगमन गर्न पुगिन् (फोटो फिचर)

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले मलको अभाव नभएको बताउनुभएको छ । शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडमा पुगि रासायनिक मलको अवस्थाको बारेमा अनुगमन गरिसकेपछि बोल्दै मन्त्री अर्यालले खेती लगाउने प्रयोजनको निम्ति मलको अभाव नभएको बताउनुभएको हो । मल पर्याप्त रहेको उहाँको भनाई छ । मल पर्याप्त रहेपनि वितरणमा समस्या देखिएको भन्दै वितरणको समस्यालाई पनि छिटोभन्दा छिटो समाधान गरिने उहाँले बताउनुभयो । हाल मल असार र साउनको निम्ति खेति लगाउने प्रयोजनका लागि पर्याप्त भएको भन्दै उहाँले भदौ र असोजका लागि मल ल्याउने तयारी भइरहेको भन्दै उहाँले स्टक नराख्न किसानहरुलाई आग्रह समेत गर्नुभयो ।