तस्विरमा हेर्नुस् शैक्षिक सत्र २०७८ का लागि छापिएका पुस्तकहरु, अब चाँडै विद्यार्थीको हातमा पुग्ने
काठमाडौं । शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बताएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरु छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीहरुको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिल कुमार झाले बताउनुभयो । प्रादेशिक कार्यालयहरुबाट जनक शिक्षा सामग्री केन्द्रमा सुचिकृत १२ सय पुस्तक विक्रेताहरुले देशभरका विद्यालयमा पु¥याउने उहाँले बताउनुभयो । देशभर निषेधाज्ञा भएको अवस्थामा विक्रेताहरु प्रादेशिक कार्यालयमा आएर पाठ्यपुस्तक लैजान नसकेका कारण विक्रि वितरणमा भने समस्या भएको प्रमुख झाले बताउनुभयो । यद्यपी असारको पहिलो सातासम्ममा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने उहाँले बताउनुभयो ।
जब पर्यटनमन्त्रीले गरे एयरपोर्टको अनुगमन (फोटो फिचर)
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन विमानस्थलमा भएका कमी कमजोरीहरुलाई सुधार्दै जाने बताउनुभएको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री अरगरियाले त्रिभुवन विमानस्थलको अवस्था पहिलेको भन्दा सुधार भएको उल्लेख गर्दै केही कमि कमजोरीहरुलाई सुधार्दै अगाडी बढ्ने बताउनुभएको हो ।
नयाँ बानेश्वर चोकमा क्रेनको सहायताबाट आकाशे पुल जडान गर्दा जे देखियो (फोटो फिचर)
काठमाडौं । काठमाडौंको अति व्यस्त चोकमध्यको एक नयाँ बानेश्वरमा आकाशे पुलको ट्रस्ट राखिएको छ । संघीय संसद भवन नजिकै रहेको चोकमा कार्यालय समयमा र साँझको समयमा बाटो काट्ने यात्रीले सास्ती खेप्दै आएका छन् । बुधबार अपरान्ह भुइँमा बनाइएको फलामको ट्रस्टलाई आकाशेपुलको पिल्लरमा जोडिएको छ । बानेश्वर चोकबाट पश्चिमतर्फ ५० मिटरको दुरीमा रहेको यो पुलले दैनिक १५ हजार जना व्यक्तिलाई वारीपारी गर्न सहज बनाउने छ । यस्तै भुइँमा सडक ट्राफिकलाई समेत सहज बनाउने छ । आकाशे पुल निर्माण अनुगमन गरिरहेको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले यो पुल यसै आर्थिक वर्षमा निर्माण सम्पन्न भइ प्रयोगमा आउने बताउनुभयो । ३८ मिटर लम्बाईको यो पुल मान्छे मात्र वारपार गर्न मिल्ने गरी बनाइएको छ । यो पुलको निर्माण लागत ३ करोड १० लाख रहेको छ । मान्छे हिँड्ने फुटपाथको चौडाइ ३ मिटरको छ भने यो पुल जमिनबाट ५ मिटर माथि रहेको छ ।