अर्जुन नरसिंह केसी संरक्षक रहेको ट्रष्टद्वारा नुवाकोटमा स्वास्थ्य सामग्री हस्तान्तरण (फोटो फिचर)

काठमाडौं । यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोट जिल्लाका स्थानीयत तह तथा स्वास्थ्य चौकीमा २३ वटा अक्सिजन कन्सनट्रेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टले सोमबार नुवाकोट जिल्लाका स्थानीय जनप्रतिनिधी तथा स्वास्थ्य संस्थाका प्रतिनिधिलाई अक्सिजन कन्सनट्रेटर, मास्क, पीपीई, सेनीटाइजर लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । अमेरिकन मेडिकल, फाउन्डेशन, नेपाल चिकित्सक संघ र दिपक केसीको सहयोगमा प्राप्त भएको स्वास्थ्य सामग्रीमा यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले थप गरी नुवाकोटको स्थानीय तहलाई दिइएको हो ।    

तस्विरमा यस्तो देखियो राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टीलेटर सहयोग गर्दाको क्षण

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टीलेटर सहयोग हस्तान्तरण गरेको छ । ग्राडियन हेल्थ सिस्टम यु.एस.ए. ले प्रदान गरेको ५० थान भेन्टीलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउण्डेशनको सहकार्यमा नेपाल ल्याई सोमवार अमेरिका–नेपाल मेडिकल फाउण्डेशनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभयो । सहयोगस्वरुप प्रदान गरिएको भेन्टीलेटर स्वास्थ्य मन्त्रालयमार्फत् नेपालका विभिन्न ९ वटा अस्पतालमा हस्तान्तरण गर्ने जनाइएको छ । सोमबार नै वीर अस्पताललाई १० वटा र सिभिल अस्पताललाई ५ वटा हस्तान्तरण गरिने बताइएको छ । भेन्टीलेटर बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउने तथा विरामीलाई बेडको अभाव हुन नदिनेगरी आवश्यक पुर्वाधारको विकास गरिने बताउनुभयो । उहाँले स्वास्थ्य सामग्री सहयोग गर्नेहरुको नाम सामग्रीमा स्टीकर बनाएर कहिल्यै नमेटिने गरी टाँसिने उल्लेख गर्दै नेपालीहरुको जीवन बचाउनको निम्ति सहयोग गर्न पनि अपिल गर्नुभयो ।