गिरोहका ती अनुहार जसले सवारीको किर्ते कागजात बनाउँथे (फोटो फिचर)
काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले सवारीसाधनको किर्ते कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले भन्सार छल गरी चोरी गरेर ल्याएको सवारी साधनका नक्कली सवारी दर्ता किताब समेत तयार गरी कारोबार गर्ने चार जनाको गिरोहलाई पक्राउ गरेको हो ।
बाँकेका ती युवा जसको काम उदाहरणीय बन्यो (फोटो फिचर)
वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारुले ११ कट्ठा जमिनमा तरकारी खेति गरेर राम्रो आम्दानी गरेका छन् । उनले तरकारीको टनेलमा प्रयोग गरिने डोरी जहिल्यै कुहिएर जान थालेपछि खेर गएका कोकाकोला, पेप्सी लगायतका प्लास्टिकका बोतलबाट डोरी बनाएर सिर्जनशिल तरीकाले टनेलमा प्रयोग पनि गरेका छन् । सरकारले वातावरण बनाइदिए कृषिमा संलग्न भएर धेरै युवाले मनग्य आम्दानी गर्न सक्ने युवा कृषक तुल्सीरामको भनाइ छ । आज हामीले उनै तुल्सीरामले गर्दै आएको खेतीलाई फोटो फिचरका रुपमा प्रस्तुत गर्ने जमर्को गरेका छौं ।
९० प्रतिशत निर्माण सम्पन्न हुँदा यस्तो देखियो चोभारको सुख्खा बन्दरगाह (फोटो फिचर)
काठमाडौं । चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरीसकिने बताए । बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको, बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको र साथै केही बाँकी रहेका काम पनि यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने उनले बताए विरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जमा क्लियर नगरी सामग्री एकैचोटी काठमाडौंमै क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार–पसार गर्ने मूल्यलाई घटाउन योगदान गर्ने उनकाे भनाइ छ । बन्दरगाहको लागत अनुमान भने १ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।