डोजरले नागढुंगाको पहिरो पन्छाउँदा देखियो यस्तो दृश्य … (फोटो फिचर)

अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सूचारु भएको छ । त्रिभुवन राजपथ अन्तर्गत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो ।  

किन भत्काइयो महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ? (तस्विरसहित)

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो । संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ । महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिईन् । ‘एकेडेमीमा सबै बुद्धिजिवी व्यक्तिहरु बस्नुहुन्छ, सबै पढेलेखेको बुद्धिजिवी व्यक्तिहरु बस्नुहुन्छ, उहाँहरुको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु, उहाँहरु जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ,’ उनले भनिन् । महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो । देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ ।

सगरमाथा इन्स्योरेन्सले आर्जन गर्यो साढे २ अर्ब बढी बीमाशुल्क, यसरी साट्यो खुशीयाली (फोटोसहित)

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षमा साढे २ अर्ब बढी रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को अन्तिम त्रैमासिक अर्थात असार मसान्तसम्ममा कूल २ अर्ब ६० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको हो । कम्पनीले गत जेठ मसान्तसम्ममा २ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । र, निर्जीवन बीमा कम्पनीमध्ये बढी बीमाशुल्क आर्जन गर्नेको दोश्रो स्थानमा पर्न सफल भएको थियो । त्यसपछि एक महिनामै कम्पनीले थप ३४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेर २ अर्ब ६० करोड रुपैयाँ पुर्याउन सफल भएको छ । यो उपलब्धिसँगै कम्पनीले खुशीयाली साटासाट गरेको छ । कम्पनीले साउन १ शुक्रबार (अर्थात नयाँ आर्थिक वर्षको पहिलो दिन) आफ्ना कर्मचारीमाझ केक काटी खुशी साटासाट गरेको हो । कम्पनीले गत असार ३० गते मात्रै आफ्नो २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । उक्त सभाले सेयरधनीलाई ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश पाउने छन् । सगरमाथा इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित, साढे २ अर्बको बीमा शुल्क आर्जन गर्न सफल कम्पनीले अघिल्लो आवको तुलनामा ३.५७ प्रतिशतले व्यवसाय वृद्धि भई २ अर्ब २५ करोड रुपैयाँ बराबरको प्रिमियम आर्जन गरी खुद नाफा ३८ करोड ४० लाख रुपैयाँ आर्जन गरेको सभाले जानकारी गराएको छ । यसरी साट्यो खुशीयाली डेपुटी सीईओ एसके रावल र अध्यक्ष चंकी क्षेत्रीले एक अर्कालाई केक खुवाउन लाग्दै