१७ अर्ब लागतमा बन्दै बुटवल-नारायणगढ सडक, कहिले सकिएला काम ? (तस्विरहरु)

बुटवल । वि.सं. २०७५ चैत ८ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेको ११३ किलोमिटर बुटवल नारायणगढ सडक खण्ड आजको दिनसम्म आइपुग्दा झण्डै ६ वर्ष पुग्न लागिसक्यो । बुटवल-नारायणगढको सडक सहरी भेगमा सिक्स लेन र जङ्गली क्षेत्रमा फोर लेनमा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो । एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर २०७५ सालमा सम्झौता भएको सडकको भौतिक प्रगति अहिलेसम्म ५० प्रतिशत पनि पुग्न सकेको छैन । पानी पर्यो त हिलो, घाम लाग्यो त धुलो अहिले सर्वसाधारणले भोग्नु परेको समस्या नै यहि छ । काम सुरु गरिएपछिको ६ महिनासम्म पूर्व तयारी नभएको भन्दै, त्यस लगतै कोभिड महामारीले सडकको कामलाई असर गर्यो । अहिले पुर्व र पश्चिम खण्डका केहि ठाँउमा कालोपत्रे सुरु भएको छ । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ ।

राजधानीको सुन्दरता बढाउने फुल ज्याकारान्डा (तस्बिरहरु)

काठमाडौं । राजधानी काठमाडौंका मूख्य सडकहरु अहिले ज्याकारान्डा फूलेर निलाम्य बनेका छन् । मध्य चैतदेखि बैशाखसम्म ज्याकारान्डाले काठमाडौंको सुन्दरतामा थप रौनक भरेको छ । दरवारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकारान्डाले राजधानी थप सुन्दर देखिएको छ।

धरहराको कम्पाउन्डमा सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

काठमाडौं । धरहरा पुनर्निर्माण आयोजना अन्तर्गत बनाइएको अहिले तिन वटा नयाँ प्रतिक्षालयले सबैको ध्यानको केन्द्र बनेको छ । सिसै सिसाले बनाइएको प्रतिक्षालय हेर्दा निकै सुन्दर देखिन्छ । अहिले सामाजिक सञ्जाल भरि यि तिन वटै प्रतिक्षालयको चर्चा चलिरहेको छ । प्रतीक्षालयहरू धरहराको कम्पाउन्डमा बनेको छ ।