अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला (फोटो फिचर)

काठमाडौं । नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेल गरेका छन् । राजधानीको भृकुटी मण्डपमा बुधबारबाट १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सुरु भएको हाे ।        

मातातिर्थ कुण्डमा स्नान गर्न बिहानै देखि घुइँचो (तस्बिरहरू)

काठमाडौं । बुधबार मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन परेको छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर देशैभरी मातातिर्थ औंसी मनाइँदै छ । बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन्, दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौंको चन्द्रगिरिमा रहेको मातातिर्थमा मेला लाग्ने गर्छ । मातातिर्थ मन्दिरमा बिहानै देखि मातातिर्थ कुण्डमा स्नान गर्नेहरुको भीड छ । मेलामा सहभागी भई कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रहेको छ ।  

रातो माछिन्द्रनाथको रथ निर्माणको अन्तिम चरणमा (तस्बिरहरू)

ललितपुर । ललितपुरको पुल्चोकमा रातो माछिन्द्रनाथको रथ निर्माणको अन्तिम चरणमा पुगेको छ । रातो मच्छिन्द्रनाथलाई आगामी वैशाख २७ गते रथारोहण गरी २९ रथ तनी जात्रा मनाउने साइत रहेको छ । रथ निर्माण कार्यमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी छन् ।