सुरु भयो बाइसधारा मेला, भक्तजनको घुइँचो (फोटो फिचर)

काठमाडौं । काठमाडौंको बालाजुमा बाइसधारा मेला लागेको छ । चैत शुक्ल पूर्णिमा ल्हुतिपुन्हिका दिन बाइसधारा मेला लाग्ने गर्दछ । काठमाडौं उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बिहानैदेखि बाइसधारामा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ। काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा रहेको बाइसवटा ढुंगेधाराबाट निस्केको जलमा स्नान गरे शरीरमा भएको रोगब्याध सबै पखालिने र दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वासले विभिन्न स्थानबाट भक्तजनहरु आउने गर्छन् । यहा स्नान गरीसकेपछि स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन रहेको छ । जामाचोमा रहेको चैत्यमा विपश्वी बुद्ध आई बसेको मानिन्छ ।  

एक्कासि बढ्यो गर्मी (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । काठमाडौंको तापक्रम दुइ चार दिन यता ३१/३२ डिग्री सेल्सियससम्म पुगेको छ भने तराईका जिल्लामा ४०/४२ डिग्री सेल्सियससम्म पुगेको छ । काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ । बढ्दो गर्मी को कारणले वायुमा पनि असर गरि तातो हावा चलिरहेको छ । तातो हावाले वायु प्रदुषण हुने र यसले बालबालिका, वृद्धवृद्धा र विरामीको श्वास प्रश्वासमा असर गर्ने चिकित्सकहरु बताउँछन् । गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र डिहाइड्रेशन समेत हुनसक्ने चिकित्सकहरु बताउँछन् । गर्मीको समयमा पानीसँगै प्रशस्त पानी पाइने फलफूल र तरकारी खाने तथा प्रशस्त पानि पाइने फलफुल खर्बुजा, मेवा, गोलभेडा, मुला, गाजर जस्ता शरीरलाई शीतल दिने फलफूल र तरकारी खानु पर्ने विज्ञहरुको सुझाव छ ।  

मनाइयो तेमाल जात्रा (फोटो फिचर)

काठमाडौं । प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा आज मनाइएको छ। तिमालजात्रा तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो । तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा बिशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन् । प्राचीनकालमा काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङ समुदायलेमनाउने गरेकोले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका बौद्ध धर्मालम्बीले यो पर्व मनाउने गरेको छ । यस जात्राका क्रममा पितृमोक्षका लागि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगी पूजा गर्ने पनि चलन छ । उनीहरु रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृहरुको मोक्षका लागि कामना गर्दछन् ।